पाँच नं प्रदेशको विशेष भेला

प्यूठान : पाँच नं प्रदेशबाट पहाडी जिल्ला विभाजन गरी ४ नं प्रदेशमा लैजाने गरी हुन लागेको संविधान संशोधनको विरुद्धमा प्रदेश नं ५ का केन्द्रीय तथा जिल्ला तहका नेताले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

c75c08800b093741744f7a7ec1ac91a2-1024x602संविधान संशोधनसँगै प्रदेश विभाजनको विरुद्धमा आज हुन लागेको प्रदेश नं ५ को विशेष भेलालाई सम्बोधन गर्न र भावी आन्दोलन तथा सङ्घर्षका कार्यक्रम तय गर्न यस क्षेत्रका अधिकांश सांसद् तथा केन्द्रीय नेता पनि अहिले बुटवल आइपुगेका छन् ।

त्यस्तै भेलाबाट ५ नं प्रदेश विभाजन हुन नदिनका लागि थप सङ्घर्षका कार्यक्रम तय गर्नेसमेत तयारी भएको छ । “५ नं प्रदेश विभाजन गर्न खोज्नु यस क्षेत्रको तराई र पहाडबीचको सम्बन्ध तोड्न खोज्नु हो ।”

काँग्रेस नेता तथा सांसद् चन्द्र भण्डारीले भने – “यस्तो प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैनौँ । यसको विरुद्धमा सडकदेखि सदनसम्ममा सङ्घर्ष जारी रहन्छ ।” ५ नं प्रदेशका सबै जिल्लामा जिल्लास्तरीय सङ्घर्ष समिति गठन गरी हाल प्रदर्शन भइरहेको छ ।

बुटवलमा हुने आजको भेलामा नेकपा (एमाले)का प्रभावशाली नेता विष्णु पौडेल, गोकर्ण विष्टको पनि सहभागिता रहेको छ । “पार्टीले केन्द्रदेखि जिल्ला तहमा सङ्घर्ष गर्ने छ ।”

भेलामा सहभागी नेकपा (एमाले) प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले भने– “प्रदेश विभाजनले सबैभन्दा धेरै प्यूठान र रोल्पासँगै यस क्षेत्रका पहाडी जिल्लालाई असर परेको छ ।”

रासस





error: Content is protected !!