डा केसीको अनशन आज तोडाउने स्वास्थ्यमन्त्री गगन थापाको प्रयास

काठमाडौं, १७ मंसिर – बिसौं दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै दसौँ पटक अनशन बसेका प्राडा गोविन्द केसीको अनशन शुक्रबार तोडाउने स्वास्थ्यमन्त्री गगनकुमार थापाको कसरत रहेको छ।
स्वास्थ्यमन्त्री थापाले ट्वीट गर्दै डा केसीको अनशन शुक्रबार तोडिने विश्वास गरेका हुन् डा केसीको अनशन धेरै लामो भइसकेको छ, म उहाँले राख्नु भएका मागको समर्थनमै छु, मलाई विश्वास छ, आज उहाँको अनशन तोडिन्छ’ ट्वीटमा स्वास्थ्यमन्त्री थापाले लेखेका छन्।
डा केसीले राखेका मागका बारेमा बिहीबार डा केसी र सरकारी पक्षबीच बसेको वार्ता सफल नभएपछि शुक्रबार फेरि वार्ता हुँदै छ।










