सरकार विस्तार, क कसले लिए ,१० राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा नेपाली काँगेसका तर्फबाट १० जना राज्यमन्त्री थपेका छन् ।

 _mg_0954

व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दल नेकाको साथ र सहयोगमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहाल साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । करिब चार महिना पुग्न लाग्दा प्रम दाहालले राज्यमन्त्री थपेका हुन् ।

नेकाले सम्हालेका दश मन्त्रालयमा नै राज्यमन्त्री थप गरिएको हो । प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीहरुलाई आज प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ख्वाए ।

शपथ लिनुुहुनेमा राज्यमन्त्रीमा दीपक खड्का ९खानेपानी तथा सरसफाइ मन्त्रालय०, कञ्चनवादे श्रेष्ठ९उद्योग मन्त्रालय०, सुरेन्द्रराज आचार्य९सिँचाइ मन्त्रालय०, मिठू मल्ल ९सहरी विकास मन्त्रालय०, दिलीप खवास गच्छदार ९श्रम तथा रोजगार मन्त्रालय०, सीताराम महतो ९भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय० रहेका छन् ।

त्यसैगरी दीर्घराज भाट ९वन तथा भू–संरक्षण मन्त्रालय०, सुवर्ण ज्वारचन ९वाणिज्य मन्त्रालय०, तारामान गुरुङ ९स्वास्थ्य मन्त्रालय० तथा इन्द्रबहादुर बाँनिया ९संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय० ले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिए ।

नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने राज्यमन्त्रीको नामावली उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिमार्फत मङ्गलबार प्रधानमन्त्री दाहाललाई दिएका थिए ।

शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधि, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

नवनियुक्त राज्यमन्त्रीलाई बधाइ दिँदै प्रधानमन्त्री दाहालले जनताले छिटो परिणाम खोजिरहेकाले यही तथ्यलाई ध्यानमा राखेर कार्य गर्न आग्रह गरेका छन् ।





error: Content is protected !!