कर्णालीमा ‘छोरा तिहार’को रौनक

रामचन्द्र न्यौपाने
डोल्पा पुष १६ दुनै ।
कर्णालीमा छोरा तिहारको रौनक छाएको छ ।आज डोल्पा,जुम्ला,लगाएतका जिल्लाहरुमामा धुमधामका साथ आमाले छोरालाई निधारमा टिका जमराका साथ छोरा तिहार मनाईएको छ ।
हरेका बर्ष पुष महिनाको शुक्ल पक्ष दुज तिथिको दिनमा आमाले छोरालाई टिकालगाई आर्सिबाद दिने र छोराले सक्दो दक्षिण दिने प्रचलन रहेकोछ ।
यसको अवसरमा भैलो समेत खेल्ने गरिन्छ ।भाई टिकाको अवसरमा खेलिनेलाई देउसि र छोरा तिहारको अवसरमा खेलिनेलाई भैलो भनेर संबोधन गरीने बुढापाखाहरुको भनाई छ ।
भाई टिकाको देउसि भन्दा छुट्टै शैलिमा पुष महिनामा परापुर्बकालदेखिनै यसरी भैलो खेली छोरा तिहार मनाउने चलन चल्ती रहेको स्थानिय रबी प्रसाद न्यौपानेले बताउनुभयो ।
यसरी खेलिने भैलोमा प्रत्येक घरघरबाट धान,चामल,सिमी,नुन,खुर्सानिहरु लगायतका खाद्यबस्तुहरु उठाई भैलो खाने चलन चल्ती रहेको छ ।
यस्तो तिहार नेपालमै कहिपनि नमनाईने न्यौपानेको भनाई छ ।यसको अवसरमा गाँउ गाँउमा पिङ लगाई स्थानिय कला संस्कृति अनुसार नाजगान गरेर रमाईलो गर्ने प्रचलनपनि रहेको छ ।
ा







