शारदा मिडिया संगमको अधिवेशन सम्पन्न

रमेश कुमार वली
जाजरकोट १६, पुस
रेडियो राप्ती एफ.एम.१०४ थोप्लो ८ मेगाहर्ज खलंगा सल्यान सञ्चालक संस्था शारदा मिडिया संगम सल्यानको वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन ३ वुदे घोषाण पत्र जारी गर्दै जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । घोषणापत्रमा सञ्चार क्षेत्रको विकासका लागि प्रतिवद्ध र दृढता पुर्वक लाग्ने, प्रदेश नं. ६ मा रहेका धर्म संस्कृति, लोपोन्मुख जातजातीको संरक्षणमा क्रियाशिल रहने घोषणा पत्रमा उल्लेख गरिएको छ । यस्तै सल्यान जिल्ला लगायत प्रदेश नं. ६ मा रहेका पर्यटकीय स्थलहरुको संरक्षण, विकास र प्रचार प्रसारमा जोड दिने घोषणा पत्रमा उल्लेख गरिएको छ । अधिवेशनले रमेश कुमार गौतमको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रमेश कुमार वली, सचिवमा निम वहादुर नेपाली, कोषाध्यक्षमा प्रद्युम्न उपाध्याय, र सह सचिवमा मनविर वस्नेत सर्वसम्मत रुपमा चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा राजेश कुमार शर्मा, धन वहादुर नेपाली, सीता गौतम र सुमित्रा विष्ट चयन हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा दर्ता भएको शारदा मिडिया संगमले सल्यान जिल्लामा पहिलोपटक सामुदायिक रेडियो राप्ती एफ.एम. २०६४ सालमा सञ्चालमा ल्याएको थियो । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने अन्तरजिल्लाको भावनात्मक एकतामा विकास गर्ने र नयाँ संघिय संरचना अनुसार गतिविधिहरु अगाडी वढाउदै त्यसलाई कार्यन्वयन गर्ने कुरामा थप मद्दत पुर्याउने उद्देश्यका साथ जाजरकोटमा गरिएको संस्थाले जनाएको छ । साधरण सभाको उद्घाटन सत्रमा पत्रकार महासंघ जाजरकोट शाखाका सचिव दिपेन्द्र शर्मा, प्रेस चौतारीका प्रदेश नं. ६ इन्चार्ज वीर वहादुर गिरी, गैर सरकारी संस्थामहासंघ मध्यपश्चिम अध्यक्ष खिम वहादुर शाही, गैसस जिल्ला अध्यक्ष विर वहादुर वस्नेत, प्रेस युनियनका प्रतिनिधि वासुदेव शर्मा, प्रेस चौतारी जाजरकोटका अध्यक्ष दिनेश श्रेष्ठ र प्रेस सेन्टर जाजरकोटका अध्यक्ष हेमन्त केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमेश कुमार वलीले गर्नु भएको थियो भने सञ्चालन सचिव निम वहादुर नेपालीले गर्नु भएको थियो ।










