राजधानीकै भूकम्पपीडितले पाएनन् पहिलो किस्ताको ५० हजार

पुस १६
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका अझै पहिलो किस्ता वापतको ५० हजार अनुदान बितरण नगरेको खुलेको छ । एक महिना अघि नै अनुदान सम्झौता गरिसके पनि रकम वितरणको काम भने अघि नबढेको हो ।
काठमाडौं शंखरापुर नगरपालिकाका भूकम्पप्रभावित गणेश दंगालले भने,‘अनुदान संम्झौता गरेको १ महिनाभन्दा बढि भइसक्यो । तर, अहिलेसम्म अनुदान दिने काम भएको छैन । हिँउदमा घर बनाउनुपर्ने, कसरी गर्ने, के गर्ने, अलमलमा परियो ।’

दंगाल काठमाडौ उपत्यकाका अन्य भूकम्पप्रभावित जस्तै एक प्रतिनिधी मात्र हुन् ।
प्राधिकरणले पुसको दोस्रो साता बितिसक्दा पनि पहिलो किस्ता वापतको पहिलो किस्ता वितरण नगर्दा घर बनाउने तरखरमा रहेका भूकम्प प्रभावितहरु अलमलमा परेका छन् ।

प्रधानमन्त्रीको निर्देशन पनि पालन भएन
–गत साउन २० गते प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै पुष्पकमल दाहाल प्रचण्डले अतिप्रभावित १४ जिल्लामा ४५ दिन भित्र पहिलो किस्तावापतको ५० हजार अनुदान दिन राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणलाई निर्देशन दिएका थिए । तर, काठमाडौं उपत्यकाका ३ जिल्लामा अनुदान सम्झौता भएपनि प्रभावितले पहिलो किस्ता वापतको रकम नपाएको गुनासो गरेका हुन् ।
–प्रधानमन्त्री प्रचण्डले दशैअघिसम्म भूकम्प अतिप्रभावित १४ जिल्लाका प्रभावितलाई पहिलो किस्ताको रकम दिइसक्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।
–प्राधिकरणले उपत्यकाका तीन जिल्लामा ३४ हजार ९ सय ८७ घरधनीसँग अनुदान सम्झौता भएको जनाएको छ । ललितपुरका केही स्थानमा पहिलो किस्ता वापतको ५० हजार अनुदान वितरणको काम भने शूरु गरेको छ ।
–बंैकमा रकम भएपनि प्राधिकरणको व्यवस्थापनमा कमजोरी रहेका कारण उपत्यकाकामा अनुदान वितरणको काम अघि नबढेको प्राधिकरणका एक कर्मचारीले बताए ।
–२०७२ बैशाखको भूकम्पमा काठमाडौ उपत्यकामा ७३ हजार भन्दा बढी घर रूपमा क्षति भएको थियो । काठमाडौंमा मात्रै ३६ हजार ९ सय ७३ घर पूर्ण रूपमा भत्किएको थियो । यता भक्तपुरमा १९ हजारको हाराहारीमा घर पूर्ण रूपमा भत्किएका थिए भने ललितपुरमा झन्डै साढेँ १७ हजार हजार पूर्ण रूपमा भत्किएको थियो ।
पुनर्निमार्णको उद्घाटन गरेका स्थल अझै वेवारिसे
–गत बर्ष माघ २ गते ललितपुरको बुङमतिबाट राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनर्निमाण महाअभियानको उद्घाटन गरेका थिए । पुनर्निमार्ण अभियान घोषणा गरिएको बुङमतिको भग्नावशेष अझै उस्तै हालतमा छ ।
–यस्तै सोही दिन काठमाडौंको रानीपोखरीबाट राष्ट्रपति विद्या भण्डारीले पनि पुनर्निमाण महाअभियानको उद्घाटन गरेकी थिइन । रानीपोखरीको काम समेत अझै अघि बढ्न सकेको छैन् ।
–काठमाडौ महानगरपालिकाले आधुनिक निमार्ण सामग्री प्रयोग गरी पिल्लर राखेर रानीपोखरीको यमलेश्वर मन्दिर बनाउन थालेपछि स्थानीयले बिरोध गरेका थिए । रानीपोखरी पुननिर्माणको जिम्मा पुरातत्व विभागले लिएपनि अझै काम थालेको छैन ।





error: Content is protected !!