विमा अभिकर्तालाई तालिम

नरेश राना,जाजरकोट १५ पौष / सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना विमा अभिकर्ताहरुलाई खलंगामा आधारभुत तालिम शुक्रबार देखि सुरु गरेको छ ।तालिममा बोल्दै कम्पनीका क्षेत्रीय कार्यालय प्रमुख सुर्खेतका विष्णुप्रसाद अधिकारीले अहिलेको युगमा जीवन विमा अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै यसबाट सर्वसाधारणमा वचत गर्ने बानीको विकास हुनुका साथै भविष्यलाई सहज र सुरक्षित बनाउने बताए ।
प्रशिक्षक समेत रहनु भएका अधिकारीले कम्पनीले हालैका विमा योजना लगायत विभिन्न विमा योजनाहरुका बारेमा जानकारी गराए । यसैगरी अधिकारीले विमाको इतिहास र प्रकारका बारेमा प्रष्ट पारेका थिए । तालिममा जिल्लाका ५० भन्दा बढि अभिकर्ताहरुको सहभागीता रहेको जाजरकोट शाखाका प्रमुख निराजन शर्माले जानकारी दिए । तालिममा सहभागी अभिकर्ताहरुको सीप विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको छ ।
तालिमका अवसरमा कम्पनीले जिल्लाका २६ वटा गाविस र १ वटा नगरपालिकाका झण्डै १४ सय भन्दा बढिले सूर्या लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडमा जीवन विमा गराई सकेको जनाईएको छ । भने तालिम १५ गते देखि सुरु भई १७ गते समापन हुँने जानाईएको छ ।







