शिक्षा लेखनवृत्ति–२०७३ पुरस्कारबाट पत्रकार घर्ती सम्मानित हुने

जाजरकोट १५ पौष / पत्रकार दीपबहादुर घर्ती शिक्षा लेखनवृत्ति–२०७३ पुरस्कारबाट पत्रकार घर्ती सम्मानित हुने भएका छन् ।नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्धारा गठित मुल्यांकन तथा छनौट समितिको सिफारिसमा घर्ती सहित मध्यपश्चिमबाट रुकुमका पत्रकार लक्ष्मण केसी सम्मानित हुने भएका हुन् । नेपाल पत्रकार महासंघले विहीबार सार्वजनिक प्रेस विज्ञप्ती मार्फत पुरस्कृत हुने पत्रकारहरुको सूचि प्रकाशित गरेको थियो ।
छ वर्ष देखि जाजरकोटमा रहेर पत्रकारितामा सक्रिय घर्तीले आफूले पुरस्कार पाउने भएपछि खुसी भन्दा बढी जिम्मेवारीको बोध गरेको बताए । आफ्नो कलमले आगामी दिनमा पत्रकारिता मार्फत शिक्षा क्षेत्रलाई थप सुधार र सजग बनाउने प्रयास गर्ने पत्रकार घर्तीको भनाई छ ।
काठमाडौं उपत्यका सहित ६ क्षेत्रका पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशी १५ हजारको रहेको छ ।











