विश्वमै दुलर्भ चिरकालिजको चोरी शिकारी तीब्र

राजेन्द्र कार्की
पुस १५ ,जाजरकोटः जाजरकोटमा विश्वमै दुलर्भ चिरकालिजको व्यापक चोरी शिकारी हुने गरेको पाइएको छ। सम्बनिधत निकायको वेवास्ता र संरक्षणको अभावमा विश्वमै लोपन्मुख अवस्थामा रहेको चिरकालिजको चोरी शिकार बढेको हो।

chir-kalij-5864bd9eade456-85648669जिल्लाका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवति, पैक, ढिमे, झाप्रा, अर्छानी लगायतका दर्जन बढी गाउँ विकास समितिमा पाइने चिरकालिजलाई स्थानीय शिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पंक्षी संरक्षण संघका सदस्य समेत रहेका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहले बताए। विश्वमै दुलर्भ पंक्षीलाई चेतनाको अभावमा मार्ने गरिएको उनको भनाइ छ।एक हजार आठ सयदेखि तीन हजार मिटरको उचाइमा घाँसे भिरपाखा र झाडी भएको पारिलो स्थानमा बस्ने चिरकालिजको संरक्षणको लागि अहिलेसम्म कुनै निकायबाट पहल नभएको सिंहले बताए। सरकारले ९ प्रजातिका संरक्षित चराको सूचीमा चिरकालिजलाई राखेको छ। नियमक निकायले वेवास्ता गर्दा र यसको महत्वबारे स्थानीयलाई जानकारी नहुँदा चिरकालिज मार्ने क्रम बढिरहेको सक्ला–२ का बुद्धि ध्यारले बताए ।
चोरी शिकारीका साथै वन जंगलको विनास र आगलागीका कारण पनि चिरकालिजलाई प्रतिकुल असर परिरहेको छ। जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले मातहतका रेञ्जपोष्टलाई चिरकालिजको चोरी शिकारी रोक्न निर्देशन दिइएको बताए।

अन्नपुर्ण पोष्ट वाट साभार ।




सम्बन्धित समाचार


error: Content is protected !!