दशाैं गाउँ परिषद सम्पन्न

काशिराम न्यौपाने
मजकोट पुस १५ ।
गणतन्त्र स्थापन पछिकाे दशाैं गाउँ परिषद सम्पन्न भैरीचाल्ने पाथिभरा विचमा तिलानदि समतामूलक शुसाशन मजकाेटकाे सम्वृ्द्धि भन्ने मुल नाराका साथ जाजरकोट जिल्ला मजकाेट गा वि स मा गणतन्त्र स्थापन पछिको दशाैं गाउँ परिषद ले चालू ५,५३००० र पुजिगत ५७,६९००० विनियोजित गरिएको छ ।
विनियोजित रकम मध्य महिला ,बालबालिका , दलित, जेष्ठ नागरिक , जनाजाति , अपांग , पिछडिएका वर्ग हरूलाई प्रतक्ष फाईदा पुग्ने कार्यक्रम काे लागि रू १९,९९,४८२.५ गरिएको छ । यसैगरी कृषि वन वातावरण कार्यक्रम काे लागि रू ५००,००० र वाकि रकम रू २६,८८,४5०.5 भाैतिक पुर्वाधारका क्षेत्रमा विनियोजित गरिएकाे छ। भाैतिक पुर्वाधार काे रकम बाट यस गा वि स मा रहेकाे मजकाेट खाेला जलविद्युत मा रू ६००,००० र पातिहाल्न पराले ग्रामिण सडक निर्माण मा रू ८,२०,००० विनियोजित गरिएको छ ।
यस गा वि स काे विनियोजित वाकी रकम वाट प्रत्येक वडाका तत्कालीन समस्यालाई हेरि यहि मिति २०७३/९/८ गते बाट सुरु भई यहि मिति २०७३/९/ ११ गते सम्पन्न गरिएको छ










