किन सुस्तायो विपक्षीको आन्दोलन, के छन् रणनीति र

पुस १२  काठमाडौं– सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावका विरुद्ध आक्रमक आन्दोलन गरेका एमालेसहितका विपक्षी दल यतिबेला सुस्ताएका छन् । दिनहुँजसो आन्दोलन गर्दै आएका एमालेका यूवा–विद्यार्थी केही दिनदेखि कतै देखिएका छैनन् । अन्य आन्दोलन भने यतिबेला केही देखिएको छैन ।

उनीहरुले संविधान संशोधन प्रस्तावको विरोधमा आगामी २२ गते काठमाडौमा विरोध प्रर्दशन गर्ने तयारी गरेका छन् । संसद अवरोधलाई भने विपक्षीले निरन्तरता दिएका छन् ।

आन्दोलन सुस्त बनाउनुमा विपक्षको रणनीति,
–विपक्षी दलले सरकारले अगाडि बढाएको प्रस्तावमाथि विभिन्न कोणबाट रणनीति बनाएको छ । सरकारले प्रस्ताव अगाडि नबढाउँदासम्म चर्को आन्दोलन गर्न खाँचो नभएको विपक्षीको बुझाई छ । आन्दोलन गर्दा जनमत विग्रिनसक्ने भय विपक्षी दलहरुमा देखिएको थियो ।

विपक्षी दलका एक नेताका अनुसार,

–सडक आन्दोलन नगरेपनि संसद अवरुद्ध गर्ने र सरकारी प्रस्ताव अगाडि बढाउन रोक्ने पहिलो रणनीति छ । गत मंसिर १४ प्रस्ताव दर्ताभएपछि विपक्षी पार्टीहरुले संसद अवरुद्ध पार्दै आएका छन् । विपक्षीको विरोधका कारण प्रस्ताव संसदमा पेश हुन समेत सकेको छैन ।

–विरोधकावीच पनि प्रस्ताव अगाडि बढे त्यसलाई पारित हुन नदिने विपक्षीको दोस्रो रणनीति छ । विपक्षी पार्टीहरुले सरकारको संशोधन प्रस्तामा दुई तिहाई नपुग्ने दावी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेता एवम् सांसद टोपबहादुर रायमाझी र काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद चन्द्र भण्डारीले संशोधन प्रस्तावको विपक्षीमा मत हाल्ने बताएका छन् ।

–नाटकीय हिसावले संसदबाट संशोधन प्रस्ताव पारित भैहाले त्यसलाइ लागु हुन नदिने विपक्षी पार्टीहरुका रणनीति छ । संशोधन प्रस्ताव पारित भए ५ नम्वर प्रदेशमा ठूलो आन्दोलन गर्ने र सरकारलाई दवाव दिने विपक्षीको रणनीति छ ।

गत आइतवार एमालेसहितका विपक्षी दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिएका थिए ।

उता,
विपक्षीले संशोधन प्रस्ताव फिर्ता लिन माग गरेपनि सत्तारुढ दल भने त्यसका लागि तयार भएका छन् । उनीहरुले यसलाई संसदमा पेश गर्ने र मतदानमा लैजाने रणनीतिमा जोड दिएका छन् । यद्यपी दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गराउन सकिन्छ भन्नेमा भने उनीहरु अझै ढुक्क भएका छैनन् ।

ratopati.com





error: Content is protected !!