काभ्रे विपी चिन्तन प्रतिष्ठानद्वारा गोष्ठी आयोजना हुने

काभ्रे । जननायक विपी कोइरालाको ४० औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर काभ्रे कनेपास्थित पञ्चकन्या बैक्वटमा यही पुस १८ गते ‘राष्ट्रियता सबलीकरणका लागि नेपाली कांग्रेसको भूमिका’ विषय एक दिने विचार गोष्ठी आयोजना हुने भएको छ ।

उक्त कार्यक्रम नेपाली कांग्रेसका महामन्त्री विपी पुत्र डा। शंशाक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जानकारी विपी चिन्तन प्रतिष्ठान काभ्रेका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सिबी लामाले बताए ।

लामाले भने, ‘यतिखेर राष्ट्रियताको सवालमा सबै दलहरु आ–आफ्नै कित्तामा उभिएको र विपीको एकता र मेलमिलापको चिन्तनलाई बिर्सिएको जटिल परिस्थितिमा यो विचार गोष्ठी सार्थक र समय सान्दर्भिक रहेको र सबै दलहरु राष्ट्रियताको सबालमा एकै ठाउँमा उभिनुपर्ने मान्यता स्थापित गराउनु कार्यक्रमको औचित्य रहेको छ ।’





error: Content is protected !!