उपचार गर्ने पैसा नपाँउदा ज्यान जाँदै

जाजरकोट ,पुस, ११ । मृगौला फेल भएर मानव अंङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका लागि भर्ना भएका एक वालक जीवन मरणको दोसाधमा छन् । जिल्लाको भेरीमालिका १३ का १३ वर्षीय सागर रोकाया उपचार गर्ने पैसा नहुँदा मृगौला प्रत्यारोपण गर्नबाट बन्चित छन् ।
रोकायको परिवार सँग भएको ३ लाख ५० हजार रुपैयाँ औषधिमा खर्च भैसकेको उनका वावु प्रताप रोकायाले जानकारी दिए । भेरीमालिका नगरपालिका १३ घर भएका सागर रोकायाको दुबै मृगौला काम गदैन । १३ वर्षका रोकाया दिव्य विद्या सदन कोहपुरमा कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । काठमाडौंको सरकारी अस्पताल गंगालाल हृदय रोग निवारण केन्द्र र कान्ति बाल अस्पतालमा छोराको उपचारका लागि गएको बुवा प्रताप रोकायाले बताए । दुवै मृगौला फेल भएका छोरालाई लिएर काठमाडौं गएँ उनले भने “नेपालका सरकारी अस्पतालहरुमा ठूलावडालाई मात्र सेवा दिने गरेकोले गरिब बिरामीहरु अस्पलात परिसरबाट फर्किनु पर्ने अवस्था रहेछ ” । कान्ति र गंगालाल पछि उनी पाटक अस्पताल पुगेको वताउँछन् । पाटन अस्पतालले १० दिन उपचार गरेपछि सागरलाई अन्यत्रै सार्न रिफर ग¥यो । त्यसपछि उनले २० दिन आइसियूमा राखेर किस्ट अस्पतालमा छोरा सागरको उपचार गराए ।
१५ पटक छोरा सागरको डाइलसिस भयो । १ पटकमा डाइलसिस गरेको १५ हजारदेखि २० हजारसम्म तिर्नुपरेको बाबु प्रतापले बताए । बाबु प्रतापका अनुसार बिरामीलाई चाहिने ब्लड र औषधिको एक हजार देखि १५ सय सम्म खर्च भैरहेको छ । अहिलेसम्म छोराको औषधि उपचारका लागि जम्मा गरिएको तिन लाख पचास हजार रुपैया सकिएको रोकायाले बताए । अहिले डाक्टरको सल्लाह अनुसार हप्तामा २ पटक डाइलसिस हुने गरेको छ ।
दुबै मृगौला खराब भएका सागर रोकायको मृगौला प्रत्यारोपण गर्न नौ देखि दश लाख रुपैयाँसम्म लाग्ने चिकित्सकले बताएका छन् । त्यसैले बाबु प्रताप रोकाय चिन्तामा छन्। यति मोटो रकम हामी संग छैन ,कसरी अव वाँकी उपचार गर्ने र छोराको जीवन वचाउने रुदै रोकायले भने । सामान्य नागरिकको उपचार गर्न मुस्किल हुँदो रहेछ । कसैले पनि तेरदैन्न ।





error: Content is protected !!