के सँग डराउँछन् बाराक ओबामा

सन् २०१५ मा क्यालिफोर्नियामा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भयो । श्रीमान्–श्रीमती मिलेर गरेको यो आक्रमणका कारण पूरै अमेरिका आतंकित भयो ।

obama

५ डिसेम्बरमा यही घटनाबारे बोल्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने– यसले अमेरिकालाई डराउन सक्दैन, अमेरिका आतंकवाददेखि डराउँदैन । आफ्नो साप्ताहिक रेडियो सन्देशमा उनले थपे, ‘हामी अहिले पनि बलिया छौँ, हामीसँग डटेर रहने तागत छ । हामी कसैसँग डराउनुपर्दैन ।’ यो कूटनीतिक विषयको चर्चा थियो । राष्ट्रपतिले सशंकित देशलाई सान्त्वना दिन पनि यसो भन्नुपथ्र्यो । तर, यसको अर्थ के मान्नुहुँदैन भने बाराक ओबामा व्यक्तिगत जीवनमा पनि केहीसँग डराउँदैनन् । त्यसो त सन् २०१३ मा न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा ओबामाले एक अधिकारीसँग गरेको कुरा पनि डरसँगै सम्बन्धित थियो । त्यहाँ अनौपचारिक रूपमा रमाइलोका लागि ओबामाले एक अधिकारीसँग भनेका थिए, ‘मैले त मिसेलको डरले धूमपान छाडिदिएँ ।’

यो त उनको स्वास्थ्यका लागि थियो । दैनिक जीवनमा ओबामा सबैभन्दा डराउनेचाहिँ ‘स्नो म्यान’सँग हो । पिपुल म्यागाजिनका लागि दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘स्नोम्यानलाई म हेर्नै सक्दिनँ, त्यो सानो हुन्छ, तर निकै खतरानक र डरलाग्दो हुन्छ ।’ त्यही अन्तर्वार्तामा उनले मिसेलसँग स्नो म्यानबारे कुरा भएको पनि बताएका छन् । एकपटक मिसेलले ओबामालाई भनिछिन्, ‘बेडरुममा ल्याएर स्नोम्यान राखिदिन्छु ।’ ओबामाले त्यतिवेला तत्कालै आफू बाहिर जाने जवाफ दिएको अन्तर्वार्तामा सुनाएका छन् । तर, अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसका स्टाफले कहाँ उनले भनेको माने र रु उनीहरूले ओबामालाई डराउनैका लागि ह्वाइट हाउसमा स्नोम्यान राख्ने फैसला गरे । ह्वाइट हाउसका फोटोग्राफर पिट सेजले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्नो म्यानसँग ओबामा डराएको फोटो राख्दै यसबारे टिप्पणी गरेका छन् । ‘पछिल्लो ३ सातादेखि चार स्नोम्यान बगैँचामा दिनहुँ राखिएको छ ।

तर, हामीले रमाइलोमा सल्लाह गरेका थियौँ, यिनीहरूलाई यहाँ कसैले पनि देखेन,’ पिटले लेखेका छन् । उनले थपेका छन्, ‘एक दिन त साँच्चिकै कसैले ओभल अफिसमा नै लगेर ती स्नोम्यान राखिदिएछन् । ओभल अफिसको झ्यालबाट देखिने ठाउँमा ती स्नोम्यान थिए । जुन राष्ट्रपतिले पनि देखे ।’ उनको इन्स्टाग्राम पोस्टमा अधिकांशले लेखेका छन्, ती स्नोम्यान साँच्चिकै डरलाग्दा छन् । तर, राष्ट्रपति बाराक ओबामाले यसबारे प्रतिक्रिया दिए, ‘उनीहरूको यो रमाइलोचाहिँ अत्यन्त रमाइलो लाग्यो ।’





error: Content is protected !!