पाँच किलो चरेससहित एक पक्राउ

जाजरकोट, पुस, १० । यहाँको प्रहरीले पाँच किलो चरेससहित बाँके नेपालगन्जका इन्द्रमणि गौतमलाइ पक्राउ गरेको छ । रिम्ना बजारदेखि नेपालगन्जतर्फ जाने गाडीमा आईतवार विहान चेकजाँच गर्दा प्रहरीले गौतमलाई लागूऔषध चरेस सहित पक्राउ गरेको हो ।
लागूऔषध चरेस सिमी दालको बोराभित्र राखेर नेपालगन्जतर्फ लैजान लागेको अवस्थामा उहाँलाई पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले वताउनुभयो । गौतमलाई लागूऔषध कारोबारअन्तर्गतको मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको निरीक्षक बोहराले बताउनुभयो ।
लागूऔषध चरेसको कारोबारीमा संलग्न अन्यको खोजी भइरहेको छ । जिल्लाको ग्रामीण भेकमा चरेस तथा गाँजा खेती हुने र गाउमै प्रतिकिलो चरेसको २० हजारसम्म कारोबार हुने गरेको छ ।
जाजरकोटमा पछेल्लो समयमा लागु औषध कारोवारीहरु पक्राउ पर्ने क्रम वढेको छ । केही महिना मात्र यहाँको प्रहरीले ९ रोपनी जग्गामा लगाएतको अफिम नष्ट गरेको थियो ।
हेमन्त के सी रासस










