९१ यात्रु बोकेको रसियाली सैनिक विमान दुर्घटना भएको पुष्टि

![]()
हराइरहेको रसियाको सैन्य विमान टुपोलेभ टीयु–१५४ दुर्घटनाग्रस्त भएको रसियाको रक्षा मन्त्रालयले जनाएको छ । विमानका पार्टपुर्जा सोचीनजिकैको ‘ब्ल्याक सी’ मा भेटिएको खबरमा उल्लेख छ ।
यसले सीरियाको लटकाकिया प्रान्तका लागि उडान भरेको थियो ।
विमान रुसी जलक्षेत्रमा वेपत्ता भएको हो ।
विमानमा सैन्य म्यूजिक वैंड र पत्रकार पनि सामिल थिए । चर्चित तथा सेनाको अधिकारिक बैंड एलेक्सेंड्रोफ़ एनसेंबलका सदस्यबाहेक विमानमा ९ पत्रकार र ८ चालक दलका सदस्य थिए ।
रक्षा मन्त्रालयकले एक बयानमा भनेका छ, रूसी सेनाका विमान टीयू-१५४ नष्ट भएको अबस्थामा सोचीबाट डेढ़ किलोमीटर टाढा काला सागरमा ५० देखि ७० मीटरसम्म गहराईमा भेटियो ।
समाचार सेवा इन्टरफेक्सका अनुसार विमान स्थानीय समयनुसार विहान पाँच बजेर २० मिनेटमा उडान भरेको थियो ।
उडान भरेको २० मिनेटमै विमानको रडारससँग सम्पर्क टुटेको थियो ।
रूसले सिरियामा राष्ट्रपति बशर अल हसदको समर्थनमा विद्रोहीमाथि हवाई हमला गर्दै आएको छ ।
सिरियामा रहेका रुसी सेनाका लागि नयाँ बर्षमा हुने कार्यक्रमको प्रस्तुतिका लागि टोली त्यहाँ जाँदैथियो । अहिलेसम्म कोही पनि जीवित फेला पार्न नसेकेको रुसी अधिकारीहरुले जनाएका छन् ।










