मलेसियामा बाईक दुर्घटनामा परि जाजरकोटका एक युवकको ज्यान गयो

प्रेक प्रतिक महतारा,मलेसिया ९ पौष  /  मलेसियामा बाइक दुर्घटनामा परि जाजरकोटका एक युवकको ज्यान गएको छ ।

malesiya11

रोजगारीको शिलशिलामा केही वर्ष पहिले मलेसियाको जोहरबारुमा पुगेका कार्कीगाउँ ३ सिरुगार जाजरकोटका गोपाल चदराको बाइक दुर्घटनामा परि ज्यान गएको हो । शनिबार राती १० बजे ड्युटि सकाएर डेरामा फर्किने क्रममा चदाराले बाइक तीब्र गतीमा गुडाएका कारण अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ ।

उनको सब जोहरबारु सुल्तान हस्पिटलमा राखिएको छ । तर उक्त सबलाई कम्पनीले घर फर्काउन कुनै पनि वास्ता नगरेको सोही हपस्पिटलका डाक्टरहरुले बताएका छन् । भने त्यहाँ स्थित नेपाली कामदाहरुले उक्त सबलाई नेपाल फर्काउन नेपाली राजदुतवास संग सम्पर्क भईरहेको जनाएका छन् । साथै सबलाई चाडो भन्दा चाडो नेपाल फर्काउन त्यहाँका नेपाली कामदाहरु लागि परेको बताईएको छ ।

 





error: Content is protected !!