जनयुद्धको सेल्टर अर्थात प्रचण्ड निवास


जनयुद्धमा प्रचण्डले सेल्टर लिएर बसेको घर । अब संग्राहलय बन्ने भएको छ ।
रुकुम, ९ पुस । तस्बीरमा देखिएको घर जनयुद्धकालमा तत्कालिन माओवादीका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड सेल्टर लिएर बसेको घर हो ।
जुन घरमा प्रचण्डले कयौं रात बिताएका छन् । गाउँको साधरण ढुङ्गा माटोले बनेको घर हो यो । जहाँ पुरानो बुट्टा भरिएको ढोका छ ।
ढोकै माथि प्रचण्ड लेखिएको छ । त्यहा बैठक कक्ष पनि छ । तर तस्वीरमा देखिएको घर प्रचण्डकाे नीजि भने होइन् । २०५२ सालमा जनयुद्ध शुरुवात भएदेखि रोल्पा, रुकुम, प्युठानलगायतको ठाउँहरुमा माओवादीका किल्ला थियो ।
यस्तो ठाउँबाट युद्ध गरेका प्रचण्ड अहिले गणतन्त्र नेपालको दोहो¥याएर प्रधानमन्त्री भएका छन् । देशको नेतृत्व सम्हालिरहेका प्रचण्ड अहिले महलमा बस्छन् भन्दा फरक पर्दैन् ।
शनिबारदेखि रुकुममा रहेको यो घरलाई प्रधानमन्त्री प्रचण्डले जनयुद्ध संग्रहालय बनाउने घोषणा गरेका छन् । रुकुमको चुनवाङ पुगेर प्रचण्डले ‘गुरिल्ला ट्रेल र ‘जनयुद्ध संग्राहालय’ को उदघाटन गरेका छन् । जनयुद्धमा आफु बसेको घरको निरिक्षण गर्दा प्रधानमन्त्री प्रचण्डको मुहारमा भावुकता झल्कन्थ्यो ।
उनी बसेको घर बैठक स्थल प्रचण्डले निकै घोरिएर हेरे । संग्राहलयको वरिपरि वाल लगाएर घेरिएको छ । माओवादीलाई यो घर निकै महत्व रहेको छ । जुन घर अब संग्रालय बन्दैछ ।
उक्त घर निरिक्षणमा प्रचण्ड पत्नी सीता दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन, टोपबहादुर रायमाझी लगायतका नेताहरु पुगेका थिए ।










