सिटामोल नै छैन स्वास्थ्य संस्थामा

हेमन्त के सी
जाजरकोट, पुस ,८ । यहाँको अतिदुर्गममा रहेको रोकायगाउँ गाविसको लिम्सा स्वास्थ्य चौकीमा औषधीको अभाव भएको छ । दैनिक दर्जनौ विरामी आएपनि औषधी नपाउँदा रित्तो हात फर्कने गरेका छन् । 
एक हप्ता अघि देखी औषधी सकिएपनि स्वास्थ्यमा उपलव्ध हुँन नसक्दा दैनिक सिटामोल सम्मा मेडिकलवाट खरिद गरी विरामीले लिने गरेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । मुलसामवाट एक दिन लगाई हिडेर आएपनि स्वास्थ्य संस्था जानुहोस यहाँ औषधी छैन भन्दै पुर्जीमा लेखेर पठाउँदा विरामीहरु हैरान भएको मुलसामकी पार्वती सिंहले वताउनुभयो । स्वास्थ्य संस्थामा उपचारका लागी आउने विरामीलाई जाँच मात्र गर्ने औषधी मेडिकल वाट लैजाऔ भन्दा पैसा नभएका कारण आफु औषधी नै नलिएर आएको मुलसामकी जय पुनले वताउनुभयो ।
दैनिक विरामीलाई रित्तो हात फर्काउदा स्थानीयहरु आक्रोषित भएका छन् । यत्ता स्वास्थ्य संस्थाले जिल्लावाट आएको सवै औषधी सकिएको र औषधी ल्याउन केही समय लाग्ने जानकारी दिएको छ ।










