स्यालको टोकाईवाट दुई घाइते , गाउँमा त्रास

हेमन्त के सी
जाजरकोट , पुस ,८ । स्यालको टोकाई जाजरकोटको सालटाकुरामा दुई जना घाईते भएका छन् ।

भेरीमालिका ५ को जंगलमा सुक्रवार विहान वउलाएको स्यालले टोक्दा वाखा्र हेर्न गएकी १६ वर्षिय सपना चन्द र भेरीमालिका ८ कि ६ वर्षिय वर्षा चन्द लाई घरमा खेल्दै गर्दा स्यालले टोक्दा घाईते भएको स्थानीय रत्न चन्दले जानकारी दिनुभयो । घाईतेलाई उपचारका लागी जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको छ ।

स्यालले जथाभावी मानिस देख्न साथ झमटिन आउदा गाउँमा त्रास नै फैलिएको छ । घरपालुवा जनावर,कुुकुर र मानिसलाई समेत जथाभावी स्यालले टोक्दा त्रास आतंक फैलिएको हो । अहिले सम्मा दर्जनौ घरपालुवा कुुकुरलाई स्यालले टोकेको चन्दले वताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!