शान्ति र सदभाव कायम गर्नका लागि सवै समुदाय तथा ब्यक्तिहरु सचेत वन्नुपर्ने

हेमन्तराज काफ्ले
नेपालगन्ज पुस ८ । शान्ति र सदभाव कायम गर्नका लागि सवै समुदाय तथा ब्यक्तिहरु सचेत वन्नुपर्ने आज नेपालगंजमा आयोजित एक कार्यक्रममा जोड दिईएको छ । यु ए डिपि को आयोजनामा नेपालगंजको धम्वोजि माध्यामिक विद्यालयमा विद्यार्थिहरु विच गरी शान्ति र सभवाद विषयक निवन्ध वाचन कार्यक्रमका सहभागिहरुले एक जाति तथा धर्म समुदायले अर्को जाति तथा धर्म समुदायको सम्मान गर्नुपर्नेमा जोड दिदै यस्ता विषयमा सवैलाई सचेत पार्नुपर्ने वताएका हुन ।

कार्यक्रममा विद्यालयका ११ र १२ कक्षाका १५जना विद्यार्थिहरुले शान्ती र सदभावका विषयमा निवन्ध वाचत गरेको विद्यालयका थिए । विद्यालयका निर्वतर्मान सभापति धन वहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा वाकेका प्रहरी प्रमुख एसपि टेक प्रसाद राई,जिल्ला शिक्षा कार्यालय वाकेका विद्यालय निरिक्षक उध्धव श्रेष्ठ,धम्वोजि माध्यामिक विद्यालयमा प्रधानाध्यापक किरण आचार्य लगायतले वोल्नुभएको थियो ।

यसैविच आज विद्यालयका ७५ जना विद्यार्थिहरुलाई शान्ति र सदभाव कायम गने विषयमा तालिम पनि प्रदान गरीएको छ । तालिमको सहजिकरण अधिवक्ता विश्वजित तिवारी र पत्रकार जनक नेपालले गर्नुभएको थियो





error: Content is protected !!