एमालेमाथि प्रचण्ड र देउवाको हमला : किन लोकतन्त्रको उपहास गरेको ? (भिडियो)

काठमाडौं , पुस ८  – विपक्षी एमालेले लगातार संसद अवरोध गरेको विषयमा प्रधानमन्त्री र काँग्रेस सभापतिले असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाटै निकास खोेज्न एमालेसँग आग्रह गरेका छन् भने काँग्रेस सभापति शेरबहादुर देउवाले एमालेले लोकतन्त्रकै खिल्ली उडाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सवै तहको निर्वाचन अहिलेको आबश्यकता रहेको भन्दै त्यसका लागि वातवरण बनाउन एमालेसँग आग्रह गरेका छन् ।

 

एमालेको नामै नलिइ उनले विषयबस्तुमा फरक मत रहेपनि प्रक्रिया स्वीकार गर्न आग्रह गरे । उनले एमालेले भनेजस्तो संसदको मात्र चुनाव सम्भव नभएको पनि स्पष्ट गरेका छन् ।

उता, कांग्रेस सभापति देउवाले संसद अवरोध गरेर एमालेले मुलुकलाई निकास दिन नचाहेको आरोप लगाए । सभापति देउवाले संसद नै अवरोध भएपछि मुलुकलाई निकास दिन अप्ठयारो भइरहेको तर्क गरेका छन् । पार्टीका जिल्ला कोषाध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संसद चल्न नदिएर एमालेले लोकतन्त्रको उपहास गरेको बताए ।

 

कहिलेदेखि एमालेले अवरुद्ध पारेको छ संसद ?
–संशोधन प्रस्ताव दर्तापछि सुरु भएको संसद अवरुद्ध कायमै छ । संसद खोल्न सत्तारुढ दल र सभामुखले गरेको प्रयास सार्थक भएको छैन ।

–१४ मङ्सिरमा संशोधन प्रस्ताव दर्तापछि १६ मङ्सिरमा संसद वैठक बस्यो । एमाले उपाध्यक्ष बामदेव गौतमले प्रस्तावको विरोध गर्दै वैठक चल्न नदिने बताएपछि संसद अवरोध भयो ।

–१७ मङ्सिरमा एमालेलगायतका विपक्षी पार्टीले दोस्रो पटक वैठक अवरुद्ध गरे । माले महासचिव सीपी मैनाली बोले र वैठक रोक्ने बताएपछि संसद अवरोध भयो ।

१९ मङ्सिरमा तेस्रो पटक वैठक अवरुद्ध भयो । नेमकिपा सांसद अनुराधा थापा मगरले बोलपछि वैठक अवरुद्ध भयो ।

–२२ मङ्सिरमा चौथो पटक वैठक स्थगित भयो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बोलेपछि वैठक अवरुद्ध गरिएको थियो ।

–२४ मङ्सिरमा राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापा बोले र संसद अवरुद्ध भयो । यो पाचौँ अवरोध थियो ।

–त्यसपछि सभामुखले मङ्सिर ३० गतेसम्मका लागि वैठक स्थगित संसद गरेर विदेश भ्रमणमा गइन् । विपक्षीले वैठक अवरोध पार्ने निश्चित थियो ।

–विदेश भ्रमणबाट फर्केपछि सभामुखले पुस ४ सम्मका लागि वैठक स्थगित गरिन् ।

–पुस ४ मा संसद वैठक बस्यो । नेपा पार्टीका लक्ष्मण राजवंशी बोले । त्यसपछि विपक्षीबाट फेरि अवरोध भयो ।

–पुस ४ मा सभामुखले ७ मा बस्ने गरी सभामुखले वैठक स्थगित गरिन् ।

–फेरि पुस ७ गते सूचना टाँसेर १० गतेसम्मका लागि वैठक स्थगित गरिन ।
संसद रोकिँदा केही विषय भए अलपत्र
–संसद वैठक अवरुद्ध हुँदा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्तावमाथिको छलफल रोकिएको छ । कात्तिक ३ मा दर्ता भएको यो प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राख्नेक्रम अझै सकिएको छैन । ९ कात्तिकबाट सुरु भएको यो प्रस्तावमाथिको छलफल बीचमै रोकिएको छ ।

–यो विचमा सहमति जुटाउन भएका प्रयास असफल भएका छन् ।
–एमालेले ५ नम्वर प्रदेश टुक्राउने गरी सरकारले ल्याएको संसोधन प्रस्तावको विरोधमा संसद अवरोध गर्दै आएको छ । प्रस्ताव असंवैधानिक भएकाले फिर्ता हुनुपर्ने एमालेको माग छ ।
–तर, सरकारले भने प्रस्ताव फिर्ता नहुने बताएका छन् ।

ratopati.com




सम्बन्धित समाचार


error: Content is protected !!