एउटै बिध्यालयमा शैक्षिक शत्रमा २४ जना विद्यार्थीले बिबाह पक्षी विध्यालय छोडे

इन्द्र ब बुढाथोकी
पौष ८ सल्यान – सल्यानमा विवाहपछि विद्यालय छोड्ने छात्राहरुको सख्ंया धेरै रहेको पाइएको छ । चालु शैक्षिक शत्रमा मात्रै श्री प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा २४ विद्यार्थीले विद्यालय छोडेका छन् ।

चालु शैक्षिक सत्रमा २७ विद्यार्थीले विवाह गरेकोमा ३ जना विद्यार्थीमात्र नियमित रुपमा विद्यालय आउने गरेको श्री प्रभाकर माध्यमिक विद्यालय देवस्थलका प्रधानाध्यापक शिखर यरीले जानकारी दिए । उनले भने ‘शैक्षिक सत्र सुरु भएदेखि हालसम्म २७ जनाले विवाह गरेकोमा ३ जनामात्र नियमित विद्यालय आइरहेका छन् बाँकी २४ जनाले छोडिसकेका छन् ।’ विवाहपछि विद्यालय छोड्ने बढि छात्रा रहेका छन् । छात्रहरु विवाह गरे पनि खासै केही फरक नपर्ने भएकाले विद्यालय आइरहन्छन तर छात्राहरु विवाहपछि लाज मान्ने, पारिवारिक जिम्मेवारी, सामाजिक संस्कारका कारण विद्यालयमा आउन सक्दैनन् । विगतका शैक्षिक सत्रमा पनि धेरै छात्राहरुले विवाहपछि बिचमै विद्यालय छाड्ने गरेको र वार्षिक परिक्षाको व्यवस्था गरी दिन आग्रह गर्ने गरेको उनले बताए ।
बाल विवाह न्युनिकरण सम्बन्धी राज्यले खासै शिक्षा कार्यालय मार्फत कार्य गर्न नसकी रहेको जिल्ला शिक्षा अधिकारी देविप्रसाद सुवेदीले जानकारी दिए । अर्को शैक्षिक सत्रमा बाल विवाह न्यूनिकरणका लागि वार्षिक कार्यक्रम र वार्षिक रणनितिमा कार्यक्रम समावेश गरिने बताए । बाल विवाह न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रमको खाँचो रहेको उनको भनाई थियो ।










