एमाले प्रदेश विभाजनको विपक्षमा कि नयाँ संविधानको विरुद्धमा : ओली र नेपालको यस्तो भिडियो

काठमाडौं, ८ पुस । एमालेका नेताहरुले पछिल्लो समय संघियता विरुद्दको अभिव्यक्ति बढाउँदै जाँदा उनिहरु दोस्रो जनआन्दोलन र त्यसपछिका परिवर्तनमा अन्य दलसँगै वाध्यतामा घिस्रिएक थिए भन्ने पुष्टी भईरहँदा अहिले सामाजिक सञ्जालमा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधव कुमार नेपालको एउटा भिडियो छताछुल्ल छ ।
सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा ओलीले दोस्रो जनआन्दोलन चल्दै जनआन्दोलनलाई उपेक्षा गर्दै दिएको अभिव्यक्ति छ भने अर्को भिडियोमा संविधानसभा वाध्यतामा स्विकारेको भन्दै नेपाल बोल्दै गरेका छन् ।
पछिल्लो समय सरकारबाट हटेसँगै विरक्तिएका एमालेका अध्यक्ष ओलीले एक चर्चित टेलिभिजन कार्यक्रममा समेत संघियताको विरुद्दमा अभिव्यक्ति दिएका थिए भने अर्का नेता वामदेव गौतमको अभिव्यक्ति पनि ओलीसँग मिल्दो खालको थियो ।
४ नं. प्रदेश टुक्र्याएको भन्दै आन्दोलन गरिरहेको एमाले वास्तवमै संघियता खारेज गर्न चाहन्छ भनेर तर्क भईरहँदा संजालमा प्रशारित यी दुई भिडियोले एमाले पछिल्लो परिवर्तनको पक्षमा नै थिएन भन्ने पुष्टी हुन्छ ।










