कागजमा छुट्याईयो तर पठाईएन्

रामचन्द्र न्यौपाने
डोल्पा असोज ८ दुनै
सरकारले खडेरी प्रभावित जिल्लाहरुमा पर्नसक्ने खाद्य संकटलाई मध्येनजर राख्दै छुट्याईएको राहतको चामल डोल्पामा भने अझै पुगेकोछैन् ।
देशका बिभिन्न खडेरी प्रभावित जिल्लाहरुमा चामल पुगेपनि डोल्पाका लागि छुट्याईएको आठ हजार क्विन्टल कागजमा मात्र छुट्याईएको छ तर ढुवानीको पक्रिया अझै सुरु गरिएको छैन् ।

सहुलिएत अनुदानको चामलपनि कोटाअनुसार ढुवानी नभएको र त्यसमा राहतको चामलपनि समयमै नपुगेपछि खाद्यान्न वितरणमा समस्या उत्पन्नभई दुनै,जुफाल,लिकु लगाएतका सम्पुर्ण डिपोहरुमा खाद्यान्न मौज्दात शुन्य भएको जुफाल खाद्य डिपो प्रमुख गोविन्द पौढेलले जानकारी दिनुभयो ।
सरकारले राहतको चामल कागमा मात्र छुट्याएपनि ढुवानीकालागि आवाश्यक पक्रिया समेत सुरु नगरेकाले खाद्यान्न ढुवानीहुन थप समयलाग्ने बताईएको छ ।
यतिखेर खाद्यान्न समस्या भएकाले छिटो ढुवानी पक्रिया अगाडि बडाउन डोल्पालीले सम्बन्धित निकायमा आग्रह समेत गरेकाछन् ।










