चुनावको माहोल बनाउनुस : पूर्व गृहमन्त्री बस्नेत

सुर्खेत, पुस  ७ ।
पूर्व गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का प्रदेश नं. ६ का इन्चार्ज शक्ति बस्नेतले अब सबै स्थानीय चुनावको माहोल सिर्जना गर्न लाग्नुपर्ने बताएका छन् ।

Hemant KC को फोटो।

उनले स्थानीय चुनाव बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भन्दै चुनावको माहल सिर्जनागर्न लाग्नुपर्ने बताए । वीरेन्द्रनगरमा बसेको प्रेस सेन्टर नेपाल, प्रदेश नं. ६ को दोस्रो पूर्ण बैठकमा प्रमुख अतिथीका रुपमा सहभागी भएका उनले संविधान कार्यान्वयनका लागि जसरी पनि स्थानीय तह अनुसार स्थानीय निर्वाचन गर्नुपर्ने भन्दै उनले चुनावको माहोला बनाउनुपर्नेमा जोड दिए ।

उनले सरकारले पनि केही समयमै चुनाव घोषणाको तयारी गरेकोले पत्रकारहरुले त्यसको प्रचार गर्नुपर्नेमा जोड दिए । साथै उनले पत्रकारहरुमा दक्षता र क्षमताको अभिबृद्धि गर्नुपर्नेमा जोड दिएका छन् संविधान कार्यान्वयनका क्रममा पनि नयाँ कुराहरु आउने भएकोले त्यस्ता नयाँ कुराहरुको जानकारी लिएर आम नागरिकहरुलाई जानकारी गराउन सक्ने हुनुपर्ने उनको भनाई छ ।

प्रेस सेन्टरमा आवद्ध पत्रकरहरुलाई प्र्रशिक्षण दिदै उनले प्रेस सेन्टरलाई स्थापित गर्दै एक नं. को संगठन बनाउन सुझाव समेत दिए ।

प्रदेश पोष्ट ।





error: Content is protected !!