प्रेस सेन्टर नेपाल, प्रदेश नं. ६ द्वारा अापत्कालिन अक्षयकोष स्थापना

सुर्खेत, पुस ७  ।
प्रेस सेन्टर नेपाल, कर्णाली प्रदेश नं. ६ ले आपत्कालिन अक्षयकोष स्थापना गरेको छ । कर्णाली प्रदेश नं. ६ को दोस्रो पूर्ण बैठकले विभिन्न एजेण्डा र कार्ययोजनाहरु पारित गर्दै प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुका लागि आपत्कालिन कोषको पनि स्थापना गरिएको हो ।

बैठकले निर्णय गरे लगत्तै कोषका लागि ४० हजार बढी रकम जम्मा भएको छ । प्रेस सेन्टरमा आवद्ध व्यक्तिहरुबाटै उक्त रकम जम्मा गरिएको हो ।

यस्तै ती कार्ययोजनाहरुलाई कार्यान्वयन गर्नका लागि विभिन्न विभागहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । अब प्रेस सेन्टरले प्रदेश र प्रदेश अन्तरगतका जिल्लाहरुमा आफ्नै दक्ष प्रशिक्षकहरु पनि उत्पादन गर्ने छ ।

यस्तै संगठनको प्रदेश कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा स्थापना गर्ने र कार्यालयलाई सूचना केन्द्रका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । बैठकबाट संगठनलाई एक नम्बरको संगठन बनाउन विभिन्न कार्ययोजनाहरु पारित गरिएको हो

पार्टीका ६ नं. प्रदेशका संयोजक मायाप्रसाद शर्माको पनि उपस्थिति भएको बैठकमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष सचेन रोका र सचिव विष्णु सापकोटाले पनि प्रशिक्षण दिएका थिए ।

प्रदेश अध्यक्ष धुर्वविक्रम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश अन्तरगतका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुले जिल्लाको रिपोर्टिङ पेस गरेका थिए । प्रदेश पोष्ट ।

 





error: Content is protected !!