द्वन्द्व प्रभावित गाउँमा राज्यको सौतेनी व्यवहार

हेमन्त के सी
जाजरकोट,पुस ,७ । द्घन्द्वको समयमा निकै ठुलो जनधन र मानविय क्षेति भएको यहाँको पिपे वस्तीमा राज्यले नहेरेको द्घन्द्व प्रभावित स्थानीयले आरोप लगाएका छन् ।
वलिदानी र जनधनको भारी क्षेति भएको भेरीमालिका १ पिपे गाउँमा नमुना वस्ती निर्माणको लागी भन्दै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको पहिलो गणतन्त्रिक सरकारले ल्याएका योजनाहरु राज्यले रकम नदिदा पुरा हुँन नसकेको द्घन्द्वको वेला आमा,वावा संगै गुमाएकी कमला खड्काले वताउनुभयो । नमुना वस्ती निर्माण भन्दै त्यति वेला शान्ति तथा पुर्ण निर्माण मन्त्रालय द्घन्द्वन्तर शान्ति तथा पुर्ण निर्माण परियोजना कार्यक्रमले पिपे वस्ती छनोट गरी काम सञ्चालन गरेको थियो । त्यतिवेला द्घन्द्व प्रभावित गाउँलाई विद्युतिकरण,सडक,यातायात,कृषि ,उत्पादन,खानेपानी लगाएतका कुरा समेटिएको थियो । यो कार्यक्रमको लक्ष्य अनुुसार वजेट विनियोजन नहुँदा आधा काम मात्र भएको स्थानीयको भनाई छ । क्रमागत योजनाहरुमा सरकारले रकम नदिदा द्घन्द्व वेला भत्किएका योजना र संरचना निर्माण गर्न समस्य परेको द्घन्द्व पिडित जय रानाले वताउनुभयो ।

वजेट सरकारले नदिदा घुईनेटा खानेपानी योजना,भेरी त्रिवेणी माविको खेल मैदान लगाएतका काम विचमै तुईएको छ । द्घन्द्वको समयमा हवाई आक्रमणवाट क्षेतविच्छेद भएको वडालेखका ६८ वटा स्थानीयका घर निर्माण हुन सकेका छैन्न । यो वस्तीमा मात्र २७ जनाले वलिदानी भएको नेकपा (माओवादी केन्द्र) जाजरकोटका संयोजक ढकवीर रानाले वताउनुभयो । राज्यले दिएको थोरै वजेटवाट केही काम भएपनि अन्य पुर्ण निर्माणका काम रकम अभावमा अलपत्र परेको उहाँको भनाई छ ।

वम आक्रमणमा परी छिया,छिया भएको वडालेखको पुर्ण निर्माणको काम पुरै वाँकी रहेको छ । अन्य यो गाउँमा पुर्णनिर्माणका काम राज्यले रकम नदिदा सन्तोसजनक नभएको स्थानीयले आरोप लगाएका छन् । शान्ति मन्त्रालयवाट नमुना वस्ती अनुगमणका लागी आएका कर्मचारी तथा जिल्लाका प्रमूख संग यहाँका द्घन्द्व पिडित स्थानीयले भकानिदै यस्तो पिडा सुनाएका हुँन । यूद्धको वेला हामी नै मर्नुपर्ने , सरकारले नमुना गाउँ वनाउने योजना ल्याउने तर रकम नदिने अनि के हामीलाई खेलाउन वनाएको हो ? द्घन्द्वपिडितको राज्यलाई प्रश्न गरेका छन् ।










