वाकस वोकी पढाई खर्च जुटाउदै दलित विद्यार्थी

हेमन्त के सी
पुस ७ जाजरकोट । पुस महिनाको चिसोलाई छिचोल्दै खगेनकोट ७ का हरिवहादुर नेपाली विहानै घर वाट रुकुमको राडी वजार पुग्छन् । खोटो संकलन गर्ने फलामका वाकस राडी वजार वाट वोकेर विहान ९ वजे काँडालुपाना स्थित जंगलमा पुग्नु उनको दैनिकी वनेको छ । यो जिम्मेवारी पुरा गरेर १० वजे विद्यालय पुग्नु पर्ने हरिवहादुरको वाध्यता हो । कहिले काँही विहान उठ्न ढिला भएमा वाटोमा वढी समय लाग्ने भएकाले विद्यालयमा समयमा नपुग्दा हरिवहादुरले शिक्षकको कचकच सुन्नु पर्छ ।
वाकस वोक्ने कामले गर्दा घरमा विद्यालयवाट दिएको गृहकार्य समेत गर्न नपाउँने हरिको भनाई छ । हरिवहादुर जस्तै अर्का प्रेम विक कक्षा ६ मा पढ्ने विद्यार्थी हुँन् । उनी पनि दैनिक आज ,भोली वाकस वोक्ने काममा व्यस्त छन् । विद्यालय गएर वचेको समय विहान र वेलुका गरी कहिले रित्तो वाकस वोक्छन् भने कहिले खोटोले भरिएको वोकस वोकेर पढाई खर्च जुटाउँन वाध्य छन् । उनीहरु त प्रतिनिधी पात्र मात्र हुँन । जिल्लाका खगेनकोट ,ढिमे,कार्किगाउँ,मजकोट , सिमा लगाएतका अधिकांश खोटो संकलन भईरहेका गाविसका दलित विद्यार्थीहरु पढाई खर्च जुटाउँन खोटो संकलन गर्ने वाकस वोक्न वाध्य छन् । एउटा रित्तो वासक वोके वाफत रु ८ रुपैया पाउँने विद्यार्थीहरुले वताएका छन् । खोटो भरिएको वाकस वोक्दा अलि वढी पैसा आउँने गरेको छ । यहाँका अधिकांश दलित समुदायका पुरुषहरु भारत कमाई गर्न जार्ने , महिलाहरुले वच्चा र घर हेर्न ठिक्क हुँने भएपछि पढाई खर्च जुटाउँने दलित समुदायका विद्यार्थीहरुले वाकस वोक्न वाध्यता लागेको हो । आफ्नो खेतवारीमा उत्पादन गरेको अन्नले तीन महिना नपुग्ने भएपछि परिवार पाल्नकै लागी वर्षेनी पुरुषहरु भारत जाँने गर्दछन् । भारत जाँदा ठेकेदारलाई भाडा हाल्न लगाउँदा भारत पुगेपछि नेरुको सट्टा ठेकेदारले भारु लिने गर्दछन् । कमाएको रकम भरी ठेकेदार र आउँदा जाँदैमा सकिने केही रकम लत्ता कपडामा ठिक्क हुँने गरेकाले परिवारका आवश्यकता पुरा हुँदैन्न । गरिवीका कारण दलित समुदायका वालवालिकाहरु विद्यालयमा भर्ना भएका मध्य थोरै मात्र विद्यालयमा टिक्ने गरेका छन् ।
कक्षा ६ भन्दा माथी पढ्ने दलित समुदायका विद्यार्थीहरु अधिकांश भारत गएर पैसा कमाई ल्याएर पढ्ने गर्दछन् । अर्काको काम गरी पढ्दा दलित समुदायका विद्यार्थीहरु पढाई कम्जोर हुने गरेको शिक्षकहरुले वताएका छन् ।





error: Content is protected !!