खलो उठाएर परिवार पाल्ने जनेका छोरा विचल्लीमा

विमला शर्मा
जाजरकोट ( ढिमे)४ पुस । यहाँको ढिमेको घरङगाका अमर वहादुर आग्री अहिले ओछयानमा थला पर्नु भएको छ । वोल्न ,सुन्न र हिडडुल गर्न नसक्ने आग्री अहिले उहाँ १७ वर्षका हुनुभयो । गरिव परिवारका अमर अरुको साहारामा वाँची रहनु भएको छ ।
हात , खुटटा नचल्ने, कान पनि नसुन्ने र वोल्न नसक्ने अमरको स्याहारका लागी एक जना दैनिक हेराला वस्नु पर्ने वाध्यता रहेको छ उहाँको परिवार लाई । घरको कुनै पनि परिवार सदस्यले अमरले खाना र दिशा पिसाप गर्ने समयमा ध्यान नदिए उहाँ आफनै ओछयानमा आफनै दिशा र पिसाव संगै पल्टीरहनु हुन्छ । उहाँको यो अवस्थाको हेरचाह वावु आमाले गर्दथे । आमाको मृत्यु भएपछि झनै समस्या परेको अमर कसैले इसरा गरेर वोले पछि वुझे जस्तो गरी चल्न र पल्टीन खोज्नुहुन्छ, तर उहाँको यो अवस्थाले त्यो चाहाना कहिल्यै पुरा हुन दिदैन । उहाँलाई दैनिक खुवाउने खाना पनि झिंगाले फोहरै फोहर वनाएको हुन्छ । अरुको साहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा लाग्दा पानी समयमा पाउन सक्नुहुन्न ।
जन्मजात देखिनै अमर लाई यो समस्या नआएको होइन अमरका आमा वावाले उपचारको साटो उल्टै गाउमै धामी झाक्री गरेर उपचार गराउन सकेनन । गाउमा एक सिन्को पनि सम्पती नभएका अमरका वावु जने आग्रीले आर्थिक अभावमा अमर लाई धामी झाक्री वाहेक अन्यत्र कतै उपचारका लागी लिन सकेन । धामी झाक्रीका कारण अमरले कुनै उपचार पाउन सकेनन । आमाले अमरको हेरचाह गर्दा वावुले कमाउने र परिवार पाल्ने वावुले हेरचाह गर्दा आमाले परिवार पाल्ने काम गर्ने गरेका थिए ।
अमरकी आमाको मृत्यु भए पछि त्यो पनि विस्तारै कम हुदै गएको अमरका वावु जने आग्रीले वताउनुभयो । अमर लाई हेरचाह गर्ने श्रीमती हुदा गाँउको स्थानीय सामुदायीक वनको हेरालुको काम गरेर दिएको अन्न वाट दैनिक परिवार पाली रहेको थिए । श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नु पर्ने भएकोले नियमित रुपमा काम गर्न नसकेको जनेले वताउनुभयो । आफुसंग पैसा नभएकोले सुविधा सम्पन्न ठाँउमा लगेर छोराको उपचार गराउन नसकेको जनले वताउनुभयो । जनेको नाममा गाँउमा कुनै पनि सम्पतीका छैन । सम्पती नभएर सुकुम्वासी भएका जने लाई अहिले सम्म कुनै सरकारी ,गैर सरकार निकायले सहयोग गरेको छैन । जन्मजात देखि नै हातखुटटा नचल्ने तथा वोल्न समेत नस्कने अमर लाई हाल सम्मा पनि कुनै सुविधा कतैवाट प्रदान गरिएको छैन ।
यस्तो अवस्थाको छोरालाईकतै वाट सहयोग हुन्छकी भनेर गावीस हुदै सदरमुकाममा लिए तर आफना कुरा कसैले नसुन्दा पुन घरमै लिएको जनेले दुखेसो सुनाउनुभयो । घरमा जनेका ४ छोरा ५छोरी रहेका छन । जेठी छोरीको विवाह भएको र जेठो छोरा भारत गएर घर नआएकाले परिवार पाल्न समस्या भएको जने वताउनुभयो । कुनै पनि सम्पती नभएकोले जनेको परिवारको वासोवासको लागी गाँउका सवै मिलेर सार्वजनिक ठाँउमा खरले छोएको सानो टहरो वनाईदिएको छ । परिवार ठुलो भएको र काम गरि खाने अवस्थाका कोही नहुदा गाँउको सामुदायीक वनको हेरालु वनाई गाँउ भरि वाट १३८ घरधुरीले धान मकै गहु, जौ उठाएर दिने गरेको राम सिंहले वताउनुभयो । जनेलाई गाँउले त्यत्तिकै दिन असहज मान्ने गरेकाले वन हेरालु वनाई त्यस वापत अन्ने दिने गरेका छन् । ढिमे ४ घरङगामा रहेको सामुदायीक वनले जनेको परिवार लाई पाली रहेको छ ।
सरकारले वितरण गरेको हलिया परिचय पत्र पाएका छन । तर हुने खानेले मात्र सरकारी सहयोग पाएको र जनेले कुनै सहयोग पाएका छैनन । सरकारले प्रमानित गरेको हलियाको विवरणमा जनेको नाम छ तर कुनै सुविधा भने लिन पाएका छैनन ।










