केपी ओलीलाई देखाइदिन मिले, प्रचण्ड र बाबुराम, उपेन्द्र यादवको पनि साथ

चितवन, ४ पुस– आदिवासी जनजाति महासंघको नवौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज prachanda-baburamनयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

नारायणी कला मन्दिर, भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा विधान, महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्वको लागि आजै निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा स्पष्ट गठबन्धन हुने देखिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले ‘पहिचान पक्षधर र पहिचान विरोधी’बीच गठबन्धन बन्न लागेको बताएका छन् । निर्वाचनमा महासंघमा आबद्ध ५६ वटा जातीय संस्थाका एकएक जना प्रतिनिधि गरी ५६ जनाले मतदान गर्नेछन् ।

पहिचान पक्षधर गठबन्धनमा माओवादी र संघीय समाजवादी फोरम, नयाँ शक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत छन् । पहिचान पक्षधरले पहिचानविरोधी भनी आरोप लगाएका गठबन्धनको नेतृत्व एमाले समर्थितले गरेका छन् । कांग्रेसले भने अहिलेसम्म स्पष्ट निर्णय गरिसकेको छैन ।

महासंघका वर्तमान अध्यक्ष नगेन्द्र कुमाललगायत अगुवाहरु पहिचान पक्षधर गठबन्धनसँग मिल्नुपर्नेमा छन् भने कांग्रेस कार्यकर्ता तथा तमु ह्यूल छों ज धीँ गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ एमालेसँग मिल्नुपर्नेमा छन् ।

कतिपय कांग्रेसकै कार्यकर्ताहले रेशम गुरुङ पहिचानविरोधी गठनबन्धनमा लागेर आफ्नो विगतको पहिचान विरोधी कित्तालाई अझै स्पष्ट पारेको आरोप लगाएका छन् ।

आर्थिक अपारदर्शीताको आरोप खेप्दै आएका उनीमाथि अख्तियार दुदरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी छ । कांग्रेस समर्थित अधिकांश प्रतिनिधिहरु भने पहिचान पक्षधर गठबन्धनमा छन् । उनीहरु पहिचान पक्षधर गठबन्धनमा सामेल भएर अध्यक्षको दाबी गर्ने रणनीतिमा छन् ।

तर उनीहरुका लागि रेशम गुरुङ बाधक बनिरहेको एक कांग्रेस समर्थित जनजाति नेताले बताए । पहिचान विरोधीको आरोप लगाइएका रेशम गुरुङ एमालेसँग मिलेमा कांग्रेसमा स्पष्ट विभाजन आउने देखिएको छ ।

सबै प्रमुख पार्टीका नेताहरुले आफूसँग धेरै भोट रहेको दाबी गरिरहेका छन् । तर, उनीहरुले दाबीगरे जस्तो कसैको भोट छैन । एमालेले १७, कांग्रेसले १३, माओवादीले १६, संघीय समाजवादीले १५, मधेसी मोर्चाले ५, नयाँ शक्तिले ३, राप्रपाले ४, माओवादी क्रान्तिकारीले १ भोट रहेको दाबी गरेका छन् ।
पहिचान पक्षधर भनिएको गठबन्धनबाट माओवादीका ङवाङ सोनाम शेर्पा र संघीयका नित्यानन्द शेर्पाले अध्यक्षको दाबी गरेका छन् । यसैगरी कांग्रेसबाट वर्तमान कोषाध्यक्ष जगत बरामको अध्यक्षमा दाबी छ । एमालेबाट सर्वधन राई र सूर्यबहादुर भुजेलले उम्मेदवारी घोषणा गरेका छन् ।

दुवै जनाको सशक्त दाबी हुँदा एमालेलाई अध्यक्षको उम्मेदवार टुंग्याउन गाह्रो परेको छ । दुवैले आफूलाई पार्टीले अध्यक्षको टिकट नदिए बागी उठ्ने घोषणा गरेका छन् ।

 





error: Content is protected !!