चार किलो चरेश सहित महिला पक्राउ

जाजरकोट, मंसिर, १४ । यहाँको प्रहरीले चार किलो पाँच सय ग्राम चरेश सहित एक महिलालाई पक्राउ गरेको छ । खगेनकोट १ कि ४४ वर्षिय डम्वरी शाहीलाई भेरीमालिका १ कालेगाउँ वाट भेरी नदिको साँघु तरेर रुकुम तीर हिडिरहेको वेला मंगलवार विहान ६ वजे प्रहरीले प्रक्राउ गरेको हो ।

नियमित गस्तीमा गएको प्रहरीले देखेपछि कालो झोलामा वोकेर पुल हुँदा हुँदै नहिडी साँघुमा गएपछि प्रहरीले संका माँनी जाँच गर्दा चरेश वरामत भएको प्रहरीले वताएको छ ।





error: Content is protected !!