दुर्गममा पाठ्यघर र यौन रोगको समस्या वढी

1424612724_pathegharजाजरकोट। यहाँको दुर्गम गाउँमा पाठ्यघर र यौनरोगका विरामीहरु धेरै रहेको उपचार सहभागी डाक्टरले वताएका छन् ।
जिल्लाको पुर्वी क्षेत्रलाई लक्षित गदै खगेनकोटको दल्लीमा गरिएको एक दिने स्वास्थ्य शिविरमा यस्तो पत्ता लगेको उपचारमा सहभागी डाक्टरले वताएका हुँन् ।

दुर्गममा प्रभावकारी सेवा पाउँन जिल्ला नै छाड्नुपर्ने वाध्यता रहेका यहाँका नागरिकहरु आफ्नो गाउँ,घरमै स्वास्थ्य शिविर सञ्चालन भएपनि हजार भन्दा वढी विरामीहरु शिविर पुगेर जाँच गराएका नागरिक कृषि तथा पशुपालन सहकारी संस्था अध्यक्ष प्रकास पन्तले वताउनुभयो । जिल्लाका दुरदराजवाट शिविरमा आएका विरामीहरुमा यौन रोग तथा पाठ्यघर खस्ने समस्य वढी देखा परेको डाक्टर विभान्त शाहले वताउनुभयो ।

उपचारमा आएका विरामी मध्ये वाट छनोट गरी नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाको पहलमा १५ जना यौन तथा पाठ्यघरका विरामीलाई सुर्खेत लिएर क्षेत्रिय स्वास्थ्य कार्यालयमा उपचार गरिने संस्थाका अध्यक्ष पन्तले वताउनुभयो ।

एकै दिनमा हजार भन्दा वढीले स्वास्थ्य अवस्थाको जाँच गराएपछि दुर्गममा स्वास्थ्य सुविधा नपाएर धेरै नागरिकहरु पट्पटाएका अनुमान लगाउन सकिने पन्तको भनाई छ । ५ सय भन्दा वढीको जाँच गर्दा आधा भन्दा वढी यौन,पाठ्यघरका विरामी फेला परेको उपचारमा संलग्न डाक्टरले वताएका छन् । वर्षेनी स्वास्थ्य शिविर गरेमा दुर्गमका जनताहरु सेवा पाउँने स्थानीय वुद्धीजिवीले वताएका छन् ।

आर्थिक अभावका कारण उपचार नपाउँदा रोग लुकाई सहेर वस्ने चलन दुर्गम गाउँमा अझै हटेको छैन् । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधीकै अभावमा उपचार हुँन सक्दैन त्यसैले निजी मेडिकलहरुको भर पर्नुपर्ने वाध्यता रहेको लहँ अ‍ैरारीका नरवहादुर सिंहले वताउनुभयो ।

डाक्टरलाई आउँन र जाँनका लागी खगेनकोट,लहँ र डाडागाउँ गाविसले आर्थिक सहयोग गरेको खगेनकोट गाविसका लेखा सहायक लोकेन्द्र के सीले जानकारी दिनुभयो । प्राविधिक सहयोग सुर्खेत अस्पतालले गरेको थियो ।





error: Content is protected !!