कर्णाली सरकारले ल्याएको ३५ अर्ब ३९ करोडको बजेट संसदबाट पारित

सुर्खेत ः कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले बजेट पारित गरिएको हो । अर्थमन्त्री राजीवविक्रम शाहले असार १ गते संसदमा बजेट प्रस्तुत गरेका थिए ।
यद्यपि बजेट विवादै विवादले घेरियो । विवादका बिच शुक्रबार प्रतिपक्षसँग ६ बुँदे सहमति पश्चात् संसदबाट पारित भएको हो ।
आगामी आर्थिक वर्षका लागि ल्याएको ३५ अर्ब ३९ करोडको कुल बजेटमध्ये चालु तर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार अर्थात् २४।३१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार अर्थात् ५५।३१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटमा कार्य विभाजन नियमावली विपरीत मन्त्रीले राखेका योजना, नेताका नामका प्रतिष्ठान जस्ता कार्यक्रम कार्यान्वयन नगरिने गरी बजेट पारित गरिएको छ ।






