कटके गाउँमा करोड बढी लगानीमा खानेपानी निर्माण

 नन्दा शाही

जाजरकाेट /  नलगाड नगरपालिका–३ कट्केमा करोड बढी लागनीमा खानेपानीको आयोजना निर्माण हुनुका साथै पूर्ण सरसफाई उन्मुख टोल घोषण गरिएको छ ।

नलगाड नगरपालिका र सुस्वाको लगानीमा रु १ करोड ३१ लाख रुपैँयामा कट्के गाउँमा खानेपानी आयोजना निर्माण भएको हो । यहाँका १३१ स्थानीयबासीको घरमा , विद्यालय , स्वास्थ्य संस्थामा पिउने पानी पुर्याएको नलगाड नगरपालिकाकी उपप्रमुख देवका छामिछानेले जानकारी दिनुभयो ।


करिव ७ किलोमिटर टाढाको तुसारीखोली मुहानबाट पानी ल्याई कटके गाउँमा पानीको आपुर्ती गरिएको छ । कट्केको डाडाटोललाई नगरपालिकाले पूर्ण सरसफाई उन्मुख टोल घोषणा समेत गरिसकेको उपप्रमुख लामिछनोले जानकारी दिनुभयो ।
बालमैत्री धारा समेत निर्माण भएपछि सबैलाई पानी उपभोग गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर ओलीले जानकारी दिनुभयो । गाउँमा खानेपानी पुगेपछि स्थानीयबासीहरु खुसी भएको ओलीले जानकारी दिनुभयो ।





error: Content is protected !!