सशस्त्र प्रहरी परिवार महिला संघ द्वारा देउती बज्यै मन्दिरमा सरसफाई

सुर्खेत ः सशस्त्र प्रहरी परिवार महिला संघको २५ औं बार्षिकोत्सव  (रजत महोत्सव ) को पूर्वसन्ध्यामा सशस्त्र प्रहरी तथा कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघद्धारा बीरेन्द्रनगर–१० देउतीबज्यैको मन्दिरमा सरसफाई गरिएको छ ।

उक्त सरसफाई कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक कृष्ण राज पाठक तथा कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष  मञ्जु संग्रौला पाठक र उपाध्यक्ष श्रद्धा सुवेदी खड्का लगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

महेश्वरी बाहिनी तथा नं ३२ गण हेडक्वाटर रक्तकाली सुर्खेतबाट बिभिन्न सक्कल दर्जाका ७५ जनाको टोलीद्धारा वीरेन्द्रनगर नगरपालिका १० स्थित देउति बज्यै मन्दिरमा सरसफाई कार्यक्रम समापन गरिएको सशस्त्र प्रहरी वल ,  महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका सूचना अधिकारी एस.एस.पी. प्रकास सुवेदीले जानकारी दिनु भयो ।





error: Content is protected !!