कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदको बैठकबाट तीन निर्णय

सुर्खेत ,८ वैशााख ः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन वटा निर्णय गरेको छ ।

उक्त बैठकले कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै “महाबै गाउँपालिका कालिकोटको केन्द्र जोड्ने सडक“ प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिनुभयो ।

जाजरकोट जिल्लाको “वडावन सानाखोला सडक“ प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

 





error: Content is protected !!