जन्ती सवार जीप दुर्घटना हुँदा सल्यानमा चार जनाको मृत्यु

सुर्खेत , ५ वैशाख ःसल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथाला स्थित भित्री सडक खण्डमा जन्ती सवार जिप दुर्घटना भएको छ । नगरपालिकाको वडा नम्बर ८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुने हरुमा कुपिण्डे नगरपालिका– ८ का ५० वर्षीय टोप बहादुर थापा , ५० वर्षकै ठगे घर्ती , १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मन बहादुर थापाको मृत्यु भएको छ ।
रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इङसिपेक्टर देवराज भट्टराईले जानकारी दिनुभयो । त्यस्तै उक्त दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइतेको सुर्खेतको मेहलकुना स्थित अस्पतालमा पठाएको छ ।









