नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिग भएर आगलागी हुँदा तीन जना घाइते

सुर्खेत ,२९ चैत ः जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिग भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
स्थानीयबासी ढालु प्रसाद जैसीको घरमा भएको उक्त आगलागीबाट माया जैसी ,गणेश गौतम ,रुपा जैसी घाइते भएको जिल्ला प्रशासन कार्यालय ,जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको पश्चिम हवाई वेश सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले घाइतेको उपचारका लागि उद्धार गरेर नेपालगन्ज लिएको छ ।









