उपल्लाे डाेल्पाकाे ‘धो’बाट चार कर्मचारीको हेलिकोप्टरमा उद्धार 

सुर्खेत /  नेपाल श्रम शक्ति सर्वेक्षण गर्न  उपल्लो डोल्पाको फोक्सुन्डो गाउँपालिका–२ जाँदै गर्दा लेक लागेर बिरामी भएका कमल डाँगी सहित चार जनाको आइतबार बिहान उद्धार गरिएको छ ।
डोल्पोबुद्ध गाउँपालिकाको ‘धो’ बाट बिरामी गणक कमल डाँगी , टोली प्रमुख किरण मल्ल , गणक लक्ष्मी कुमारी ज्ञवाली , गणक विराट डिसीलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेत ल्याइएको तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ,‘  डाँगी लेक लागेर बिरामी हुनुभयो । अन्य हिमपातका कारण शे फोक्सुन्डो जान सक्ने अवस्था नहुँदा हेलिकोप्टरबाट उद्धार भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँबाट उपल्लो डोल्पाको धो हुँदै शे फोक्सुन्डो गाउँपालिका–२ मा खटिएका गणना स्थल जानु अगाडी बिरामी हुनुका साथै भारी हिमपातका कारण समस्या उत्पन्न भएपछि उद्धार छ ।’
बिरामीलाई प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । बिरामी डाँगी जाजरकोट भेरी नगरपालिका–२ का हुनुहुन्छ ।




error: Content is protected !!