ओली र लेखक समातिएपछि गृहमन्त्री गुरुङले लेखे ,आयो गोर्खाली

काठमाडौं ः जेनजी आन्दोलन दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनीहरु दुबैलाई प्रहरीले शनिबार विहानै निवासबाटै पक्राउ गरेको हो।

उनिहरुलाई पक्राउ गर्नका निम्ति गृहमन्त्रीको शपथ लिएलगत्तै गृहमन्त्री सुधन गुरुङ एक्सनमा उत्रिएका थिए। शुक्रबार गठित बालेन शाह नेतृत्वको सरकारले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले दिएको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै गृहमन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखसँग लामो छलफल गरेका थिए।

त्यसपछि अति जरुरी पक्राउ पूर्जीसहित ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी राति नै परिचालित भएका थिए। दुवैलाई पक्राउ गरेपछि गुरुङले सामाजिक संजालमा विजयीभाव झल्कने गरी आयो गोर्खाली लेखेका छन्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई ३ देखि १० वर्ष कैद सजाय हुनेगरी कारबाही अघि बढाउन सिफारिस गरेको छ।





error: Content is protected !!