काँग्रेसको पेटमा भोक छ, आँखामा सपना छ ः काँग्रेस सभापति थापा

सुर्खेत / नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष देशलाई लयमा ल्याउने अवधि भएको बताउनुभयो । बीरेन्द्रगरमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले यो हाम्रो योजनाको चुनाव नभई बाध्यताको चुनाव भएको बताउनुभयो ।
चुनावको विषयमा शंसय गर्न खोजिएको भन्दै काँग्रेसले चुनावमा भाग लिएर देशलाई ठिक ठाउँमा ल्याउने उदेश्य बोकेको बताउनुभयो । सभापति थापाले भन्नुभयो ,“ यो देशमा कुनै पनि नागरिकले सरकारको गोलीबाट मर्नु हुने छैन । २०७४ पछि विकासको लय समात्नुपर्ने थियो तर हामीले सरकार बनाउने र भत्काउनेमा समय विताएका कारण समस्या आयो । सुनका अक्षरले लेखिएको संविधानको महत्व नबुझदा समस्या भयो ।”
२०८२ देखि ८७ सम्माको पाँच वर्ष देश र जनतालाई स्वर्णीम काल बनाउने संकल्प लिएर नेपाली काँग्रेस चुनावमा होमिएको सभापति थापाले बताउनुभयो । पाँच वर्ष सम्मा नेपाललाई सुधार गरेर सबै जनताले पेटभरी खाना पाउनुका साथै निशुल्क औषधि पाउने व्यवस्था गर्नका लागि काँग्रेसको संकल्प रहेको उहाँले दावी गनुभयो । काँग्रेसले सबै खालका काण्डहरुको छानमिन गर्ने भन्दै मेरो घरमै आफन्त भएपनि नछोडने चेतावनी समेत दिनुभयो । काठमाडौँ र कर्णालीको विकास गर्ने तरिका फरक भएको समेत उहाँको दावी छ । कर्णालीमा विकास गर्ने हो भने आर्थिक वर्ष बदल्नुपर्ने उहाँले धारणा राख्नुभयो । बदलिएको काँग्रेस अहिले चुनावी मैदान भएकाले हाम्रो दायित्व देश बदल्ने रहेको उहाँको भनाई रहेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले २०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको टिप्पणी गनुभयो । सभापति थापाले २०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको दावी गनुभयो । अबको समय खेर फाल्ने छुट नरहेको सभापति थापाले बताउनुभयो । बदलिएको कांग्रेसमा देशको उन्नतिको भोक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ ‘पेटमा भोक छ, आँखामा सपना छ । हामी योजना बनाएर आएका छौँ, हामी सम्हालेर जान चाहेका छौँ,”







