सल्यानमा नेकपाका मल्ललाई आजपाका उम्मेदवारको समर्थन

सल्यान ः आम जनता पार्टी सल्यानका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आम जनता पार्टीका उम्मेदवार मानसिंङे कामीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका कामीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ललाई समर्थन गरेका छन् ।
उम्मेदवारी फिर्तासँगै मल्ल र कामीबीच ३ बुँदे सहमति पनि भएको छ । मल्ल र कामीले हस्ताक्षर गरेको सहमति पत्रमा राजनीतिक स्थायित्व र आर्थिक क्रान्तिका लागि राजनीतिक व्यथिति, वितीतिय शोषण र भ्रष्टाचारको अन्त्य गर्न दुवै पक्ष प्रतिवद्ध रहने, लघुवित्त पीडितहरूका माग र समस्याहरू समाधान गर्न संघर्ष समितिले उठाएका मागहरु समाधान गर्न पहल गर्नेलगायत सहमति गरेका छन् ।







