जनताको सहभागिता विना दिगो विकास नहुने ः मुख्यमन्त्री कँडेल

सुर्खेत ,२ माघ ः समाजमा सकरात्मक सन्देशले मात्र सही ठाउँमा पुगिने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभयो ।
गुराँस गाउँपालिका –८ स्थित मकूट्कमा निर्माण भएको मालिका माध्यमिक विद्यालयको भवन उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले हाम्रो समाजलाई विकास ,संमद्धि र गतिशिलतमा लिन बौद्धिक वर्गले सही सल्लाह दिनुपर्ने बताउनुभयो ।
चुनावमा प्रतिस्पर्धा गर्दा जसले जनताको मन जित्यो , उसैले चुनाव जित्ने भन्दै उहाँले विकास निर्माणमा समेत सबै इमानदार बन्नुपर्ने बताउनुभयो । विकास हल्ला गरेर भन्दा पनि सल्लाह गरेर हुने उहाँको भनाई रहेको छ । विगत भन्दा अहिले विकासले फडको मारेको भएपनि अपेक्षा गरेको जति विकास नभएको भन्दै उहाँले हाम्रो ठाउँमा भएको विकासलाई सही रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
विकास जहाँ पायो त्यही बाँडने विषय नभई आवश्यकताका आधारमा सही ठाउँमा सदुपयोग गर्ने कुरा भएको उहाँले बताउनुभयो । योजना बनाउने र कार्यान्वयन गर्ने निश्चित समय भएकाले जहाँ पायो त्यही योजना माग सम्बन्धी ज्ञापन पत्र बुझाउने काम उचित नभएको बताउनुभयो । विकास बजेट माग्दा सही र आवश्यकताका आधारमा माग गर्न समेत आग्रह गर्नुभयो । जिम्मेवारीमा रहेका व्यक्तिले काम गर्दा ध्यान दिएर गर्नुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले जनताको सक्रिया सहभागिता विना विकास निर्माणको काम अधुरो हुने बताउनुभयो । चुनावमा मात्र जनता सम्झने तरिका बदल्नुपर्ने उहाँको तर्क रहेको छ । जनताको सहभागिता विना कुनै पनि विकास निर्माणको काम दिगो नहुने उहाँको दावी छ ।
कृषि र पर्यटकीय क्षेत्रमा राम्रो गर्न सकिने भन्दै गुरास गाउँपालिकाले यो कुरामा जोड दिनुपर्ने मुख्यमन्त्री कँडेलले सुझाव दिनुभयो । गाउँपालिकाको विकासका लागि प्रदेश सरकार सधैँ साथमा रहेको भन्दै चालु आवमा समेत पालिका भित्र तीन वटा सडकको काम भइरहेको बताउनुभयो । गलत काम गर्न कसैले भन्नु पदैन , तर राम्रा कुरा गर्न पटक ,पटक भन्दा पनि सुन्ने चलन कम भएको भन्दै उहाँले दुख व्यक्त गर्नुभयो ।








