सडक बनाउन बजेट माग्दै उपल्लो डोल्पाबाट प्रदेश राजधानी

सुर्खेत ः उपल्लो डोल्पा सडक सञ्जालसँग नजोडिएको भन्दै शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले मुख्यमन्त्री यामलाल कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई ज्ञापन पत्र बुझाउनुभएको छ ।

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३,४,८ र ९ स्थित सिङथुप्रा नुमाला भागाला रिखे फोक्सुण्डो ताल हुँदै पुग्मो जोडने सडक निर्माण गर्नका लागि रु ९० करोड रकम माग माग गरिएको छ । शे फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्धाङ देखि तल्लो क्षेत्रका बस्तीहरु फोक्सुण्डो ताल ,पुग्मो गाउँ , जुम्ला सम्मा जोडने मुख्य सडक बनाउनका लागि यहाँ बजेट आवश्यक परेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
हाल सम्मा उपल्लो डोल्पाका दुवै क्षेत्र सडकको पहुँचमा नरहेको अवस्था छ । भेरी करिडोरको काइके , डोल्पोबुद्ध तथा छार्काताङसोङ र ठुलिभेरी हुँदै शे फोक्सुण्डो गाउँपालिका सडकको पहुँचमा छैनन् ।







