जाजरकोटको छेडागाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट ः जाजरकोटको छेडागाड नगरपालिका –८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा सुक्रबार बिहान ११ बजे दुइ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छेडागाड – ८ बाहार्नाखोला स्थित भित्री सडक खण्डमा छेडागाड नगरपालिका– ९ पजारु बाट थलह तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्न दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । छेडागाड नगरपालिका– ९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी , २८ वर्षीय राजु अधिकारीको मृत्यु भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

घाइतेहरुमा छेडागाड ९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्वर ८ की २० वर्षीया लक्ष्मी खत्री , वडा नम्वर ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका– ६ का २३ वर्षीया सितला रावत घाइते हुनुभएको छ । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!