कर्णालीका दश जिल्लामा मुख्य निर्वाचन अधिकृत ,निर्वाचन अधिकृत नियूक्त

सुर्खेत ः निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कर्णालीका १० जिल्लामा मुख्य निर्वाचन अधिकृत ,निर्वाचन अधिकृत नियूक्त गरेको छ ।
देशैँ भरी हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले मिति २०८२/ ०९/ २५ देखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम नियूक्त गरेको हो । न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको हो ।
यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले मिति २०८२/ १०/ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहेको छ । रुकुम पश्चिममा दीपेन्द्र थापा मगर , सल्यानमा प्रल्हाद कुमार रेग्मी , डोल्पामा चन्द्रदेव भारती , जुम्लामा आनन्दराज पन्तलाई नियूक्त गरिएको छ ।
त्यस्तै मुगुमा मिनबहादुर कुवर ,हुम्लामा निलकण्ठ बराल , कालिकोटमा कुलप्रसाद दाहाल , जाजरकोटमा दुर्गाप्रसाद खनाल , दैलेखमा कुलप्रसाद पाण्डे ,लोकहरि कँडेल र सुर्खेतमा कैलाश प्रसाद भट्राई ,दीपक ढकाललाई नियूक्त गरिएको छ ।







