मुख्यमन्त्री कँडेलद्धारा भेरी लिफ्ट खानेपानी आयोजनाको स्थलगत निरीक्षण

सुर्खेत ः मुख्यमन्त्री कँडेलले भेरी पम्पिङ आयोजनाको अनुगमण गर्नुभएको छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजनाको सोमबार मुख्यमन्त्री कँडेलले अनुगमण गरेका छन् ।
अनुगमण गर्दै मुख्यमन्त्री कँडेलले आयोजना लक्ष्य अनुसार तीव्र गतिमा अघि बढेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने , “ यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत लगानी छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गत वर्षदेखि गरिरहेको छ । ”
अनुगमन पश्चात् मुख्यमन्त्री यामलाल कँडेलले भने, ‘विगतमा निर्माण प्रक्रियाका कतिपय चरणहरू पूरा नगरी कार्यान्वयनमा जाँदा केही अलमल देखिएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको पाइयो ।’ उहाँले भनेजस्तै आयोजनाको चर्चा ७० को दशकको सुरुवातदेखि नै चलेको थियो । तर, विभिन्न कारणले अघि बढ्न सकेन । गत वर्षदेखि मात्रै औपचारिक रूपमा कार्यान्वयनमा गएको हो ।
मुख्यमन्त्री कँडेलले छिटो योजना आओस् भन्ने चाहना र मनोविज्ञानका कारण विगतमा केही समस्या भए पनि अब प्रदेश सरकार र नगरपालिकाबीच कुनै अन्योल नभएको बताउनुभयो । कँडेलले ठेकेदार कम्पनीलाई अहिले जुन गतिमा काम भइरहेको छ, सोही अनुसार निरन्तरता दिन निर्देशन दिए ।
मुख्यमन्त्री कँडेललाई आयोजना कन्सल्टेन्ट प्रमुख रमेश अधिकारीले भौतिक प्रगति करिब १४ प्रतिशत भएको जानकारी दिनुभएको थियो ।
पहिलो चरणमा रु ३ अर्ब ५ करोड ८ लाख १५ हजार २८०.६१ रुपैयाँ लागतमा काम भइरहेको जानकारी दिदै नदीदेखि ७ किलोमिटर दुरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणको जारी रहेको समेत बताएका थिए । हाल सम्मा १६ किलोमिटर पाइप बिछ्याउने काम भएको उहाँले मुख्यमन्त्री कँडेललाई जानकारी गराए । बजार क्षेत्रमा ३५ किलोमिटर पाइप बिछ्याउने कार्ययोजना रहेको छ








