जनार्दन शर्माको गृहजिल्लामा माओवादीको भौतिक सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो

रुकुम पश्चिम ः पूर्वमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रले प्रयोग गर्दै आएका भौतिक संरचनाहरू औपचारिक रूपमा भागबण्डा गरिएको छ । जिल्लामा क्रियाशील ‘नेपाली कम्युनिष्ट पार्टी’ ९नेकपा० र ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) बीच सदरमुकामस्थित महत्त्वपूर्ण भवन तथा संरचनाहरू प्रयोग गर्ने सम्बन्धमा लिखित सहमतिसहित भागबण्डा गरिएको हो । शर्माले माओवादीसहितको एकता भएर नेकपा बन्दा त्यसतर्फ नगएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए । शर्मा प्रलोपाको संरक्षक छन् ।

विगतमा एउटै पार्टीमा रहेर काम गरेको र भविष्यमा पनि सहकार्यको सम्भावना रहेको भन्दै दुवै पक्षले ुसहमति पत्रु मार्फत सम्पत्ति बाँडफाँड गरेको आइतबार सार्वजनिक सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमका संयोजक गोविन्द रोका र प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमका संयोजक गोर्खबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार मुसिकोट नगरपालिकाका दुई फरक स्थानमा रहेका भवनहरू दुई पार्टीले बाँडेर प्रयोग गर्नेछन् । जसअनुसार मुसिकोट नगरपालिका वडा नं ५ सेरिगाउँमा रहेको शहीद स्मृति प्रतिष्ठानु र ईस्कन्द नर्मदा फाउण्डेशन परिसरभित्र रहेका भवनसहितका सम्पूर्ण भौतिक संरचनाहरू नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्नेछ ।
यसैगरी मुसिकोट नगरपालिका वडा नं १ खलङ्गा बजारस्थित ईस्कन्द नर्मदा स्मृति फाउण्डेशनको नाममा रहेको भवन भने प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रयोग गर्ने सहमति भएको छ ।  मंसिर १५ गते नै भएको उक्त सम्झौता मंसिर २१ गते ९आज० देखि लागू भएको सहमति पत्रमा उल्लेख छ । पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै भौतिक सम्पत्तिमा पनि स्पष्ट भागबण्डा गरिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!