विजया साहित्य उद्यानलाई नारायण भागीरथी सेवा सम्मानस्वरूप प्रदान


सुर्खेत ः नारायण भागीरथी सेवा समाज, सुर्खेतले आज आफ्नो चौधौं साधारण सभा तथा पन्ध्रौॅ स्मृति दिवसका उपलक्ष्यमा एक भव्य समारोहको आयोजना गरिएको छ । कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ डा मधुसूदन गिरीले प्रमुख अतिथिका रूपमा नारायण भागीरथी सेवा समाजले प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसादको सालिक निर्माणको प्रयोजनार्थ दैलेखको दुल्लु स्थित विजया साहित्य उद्यानलाई विसं २०८१को नारायण भागीरथी सेवा सम्मानस्वरूप प्रदान गरेको रु ५०,००० नगदसहितको सम्मानपत्र उद्यानका सदस्य नारायणप्रसाद तिमिल्सेनालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहॉले समाजको यस कार्यको सराहना गर्नुभयो र साहित्यकारहरूको सालिकका दृष्टिले देशकै सबभन्दा ठुलो उद्यानमा श्यामप्रसाद जस्ता जनप्रिय स्रष्टाको सालिक थपिनु हर्षको कुरा हो भन्नुभयो । कलाकार जयराज वज्राचार्यद्वारा छिटै सो सालिक निर्माण भई उद्यानमा स्थापना गरिने विश्वास पनि उहॉले व्यक्त गर्नुभयो । संस्थाका संरक्षक प्रा।डा। जीवेन्द्र देव गिरीले श्यामप्रसाद नेपाली प्रगतिवादी साहित्यका मार्गदर्शक स्रष्टा मात्र नभई राजनीति, पत्रकारिता, भाषा र अनुवाद क्षेत्रका पनि अग्रणी व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो । वीरेन्द्र नगर नगरपालिकाका पूर्व प्रमुख बालाराम शर्माले आफ्ना पितृप्रति श्रद्धा व्यक्त गर्ने समाजको नवीन तरिका सांस्कृतिक रूपान्तरणका दृष्टिले महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । डा।दीपक गौतमले समाजसेवी वैद्य ९भेदी० नारायण गिरी र उहॉकी जीवन सॅगिनी भागीरथी गिरीका पुत्रहरू तथा समाजका अन्य सदस्यहरूबाट समाजका हितमा गरिएका कामहरू अनुकरणीय रहेको धारणा राख्नु राख्नुभयो । साहित्यकार टीका पोखरेलले नारायण भागीरथी सेवा समाजका तर्फबाट सुर्खेत उपत्यकाका बिभिन्न विद्यालय, क्याम्पस, पुस्तकालय, वृद्धाश्रम, लोकवार्ता सङ्गोष्ठी र भूकम्प पीडितलाई उक्त सम्मान तथा सहयोगस्वरूप रु। १० हजारदेखि १ लाख ७१ हजार रुपैयॉसम्म नगदका साथै शैक्षिक तथा अन्य सामग्री उपलब्ध गराइएको र त्यसैको निरन्तरतामा श्यामप्रसादको सालिक निर्माण हुनुले समाज जनहितमा निरन्तर जुटिरहेको देख्न सकिन्छ भन्नुभयो ।

राष्ट्रिय कलाकार भीमबहादुर कार्कीद्वारा मातापिताको सेवाप्रति उत्प्रेरणा जगाउने लोकभाकाको गीतगुञ्जन तथा कवि लक्ष्मण देव गिरीको समाजका सदस्यहरूको मनोबल उच्च तुल्याउने गीति प्रस्तुतिबाट कार्यक्रम उल्लासमय बनेको थियो । सचिव सुशील गिरीद्वारा तयार गरिएको समाजको वि।सं।२०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनसमेत पारित गरिएको उक्त कार्यक्रम समाजका अध्यक्ष गोपाल देव गिरीको अध्यक्षतामा सञ्चालन भएको थियो भने कार्यक्रममा अमर बहादुर कार्कीको उद्‌उद्घोषण , मधु गिरीको स्वागत भाषण तथा डिलाराम गिरीको धन्यवाद ज्ञापन रहेको थियो । कार्यक्रममा लीलाधर गौतम, श्यामकृष्ण शर्मा, बालाराम शर्मा, खगेन्द्र देव भारती,बलभद्र भारती, रविलाल सुवेदी, तुल्सी गिरी, सरस्वती योगी, डा।दीपक गौतम, बलराम रेग्मी, प्रेमदेव गिरी, भानुभक्त भारती, तुलाराम तिवारी, सुरेन्द्र पोखरेल, हरिहरनाथ योगी, जागेश्वर नेपाल, हरिलाल महतारा,सरस्वती गौतम, शम्भु पन्त, यज्ञ आत्रेय पोखरेल लगायतका साहित्यिक, सांस्कृतिक, शैक्षिक एवम् बौद्धिक क्षेत्रका व्यक्तिहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!